रवि रोषी / दोहा कतारका युवा समाजसेवी लक्ष्मण खतिवडाबाट नेपाली तारा २०११ को २ विधा अन्तर्गत नृत्य र गायनमा प्रथम हुने एक एक जनालाई नेपाल जाने एकतर्फी हवाई टिकट उपलव्ध गराउने घोषणा गरेका छन् । गत बर्ष पनि तमु साँस्कृतिक परिवारले आयोजना गरेको नेपाली तारा २०१० को उत्कृष्ट विजेतालाई समाजसेवी खतिवडाले २ तर्फी टिकट उपलव्ध गराई कलाकारको हौसला बढाउने काम गरेका थिए । गैर आवासीय नेपाली तारा २०११ को ताज पहिरीने होडमा अहिले २ विधा गरी शिर्ष १० मा दस दस जनाको छनौट कार्य सम्पन्न भैसकेको छ । अन्तिम दिनको विजयी घोषणा गर्ने क्रममा निर्णायक मण्डलको तर्फबाट ५० प्रतिशत र दर्शकहरुको ५० प्रतिशतको भोट गरी जसले उच्चांक ल्याउँछ, उसैलाई गैर आवासीय नेपाली तारा २०११ विभुषणले विभूषित गरिने छ, तमु साँस्कृतिक परिवारका विमल गुरुङले बताए । कलाकारहरुको कलालाई मर्न नदिई हौसला प्रदान गर्न मैले हवाई टिकटको व्यवस्था गरेको हुँ समाजसेवी खतिवडाले बताए । सवैले यसरी नै सहयोगी हात बढाईदिए विदेशमा पनि कला देखाएर सानो भरथेग हुने रहेछ भन्ने प्रभाव कलाकारहरुमा परोस् भन्दै सक्ने र मन हुनेले आयोजक समिती र विजयी कलाकारहरुलाई व्यक्तिगत तथा संस्थागत तर्फबाट पुरस्कारको व्यवस्था गरिदिए अझ राम्रो हुने थियो ।
कतारमा गायन तथा नृत्य प्रतिभा भएका कलाकर्मीहरुको सम्मानार्थ गत बर्ष देखि तमु साँस्कृतिक परिवारले बस्ती भित्र लुकेका हस्तीहरु को कलालाई बाहिर उजागर गर्न अभियान स्वरुप यो कदम थालनी गरिएको हो । तमु समाज त्यसै पनि जन्मजात संस्कृति प्रेमी जात भएकोले यसलाई व्यवस्थित रुपमा सवै सामु पस्किनु कलाकर्मीहरुको कलाको पनि सम्मान गर्नु हो भन्ने ठानी यसो गरेका हौँ तमु साँस्कृतिक परिवारका संरक्षक समिती सदस्य विल गुरुङले बताए । गुरुङले तमु साँस्कृतिक परिवारले आयोजना गरिएको यो कार्यक्रम तमुहरुको मात्र नभै कतारका सम्पुर्ण संस्थाहरुको पनि संलग्नता रहेको ठानी आगामी समयमा सवैको भौतिक उपस्थितीको लागि पनि अनुरोध गरे । स्मरण रहोस् समाजसेवी खतिवडाले केहि महिनादेखि दुतावासका सेल्टरमा आएर बस्ने जो कोहिको लागि सहयोग स्वरुप मासिक २००० नेपाली जम्मा गर्दै आएका छन् । उक्त फाइनल राउण्डबाट गैर आवासीय नेपाली ताराको ताज कसले भेट्टाउने हो त्यो हेर्न भने शुभ दीपावली भाईटिकाको दिन २८ अक्टोवरको दिन सम्म प्रतिक्षा गर्नुपर्ने छ । 