आश गुरुङ, लमजुङ, असोज १३ गते । विश्वविख्यात अन्नपूर्ण पदमार्ग घुम्न लमजुङ पुगेका एक विदेशी नागरिकको बाटोमा हिँड्दाहिँड्दै मृत्यू भएको छ । भूलभूलेवाट घेर्मू हुँदै स्याँगेतर्फ जाने क्रममा बाहुनडाँडा गाविस ४ दिङदिङ नजिकै ६२ बर्षिय इजरायली नागरिक अब्राहम तालको आज मध्यान्नतिर मृत्यू भएको हो । पासपोर्ट नम्बर ११०६०८९५ का अब्रहामको हृदयघातका कारण मृत्यू भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । उनी श्रीमती र छोरीका साथ अन्नपूर्ण पदमार्ग घुम्न हिजोमात्रै काठमाडौँवाट गएर भूलभूले बसेका थिए ।
उनको शवलाई हेलिकप्टरमार्फत काठमाडौँ लाने तयारी भईरहेको प्रहरीले जनाएको छ ।
उनको शवलाई हेलिकप्टरमार्फत काठमाडौँ लाने तयारी भईरहेको प्रहरीले जनाएको छ ।