latest

एक वर्षको तलव नपाएको चेली नियोगको शरणमा ।

Sunday, September 25

/ by Admin BHOLA THAPA
प्रेम लामा दोहा कतार वैदेशिक रोजगारीको सिलसिलमा दोहा आइपुगेकी चितवन, नारायणघाट गणेस्थान ७,की ३४ वार्षिय राधा तामाङ नियोगको शरणमा आईपुगेकी छिन् । पिडीत चेली छिमेकी राष्ट्र भारतको मुम्वाईवाट घरेलु कामदारको रुपमा कतारी रियाल ६ सय तलवमा दोहा आएकी वताईन् । उनलाई आफ्नै श्रीमान्ले मुम्वाईवाट कामको लागि दोहा पठाएका हुन् । पिडीतले दिएको जानकारी अनुसार विहान पाँच वजे देखि वेलुका वह्र वजेसम्म काम गर्नुपर्ने र काम जति गरेपनि गाली गर्ने कुटपिट गर्ने गरेको वताईन् । एक वर्षको पाँचहजार कतारी रियाल तलव लिन वाँकी र घरायसी यातना सहन नसकी नियोगको शरणमा आएकी वताईन् । सधैं गाली गर्ने र कुटपिट गर्ने गरेको पिडीत चेलीले वताईन् । उनी दुहेलस्थित एक अरवीको घरमा घरेलु कामदारको रुपमा तिन वर्षदेखि कार्यरत थिईन् । गाडी सफा गर्ने, खाना पकाउने, घर सफा गर्ने, बच्चा हेर्ने काम गर्नु परेको वताईन् । आफ्नै दाजु पर्नेले उनलाई सेप्टेम्वर १७ तारिख शनिवारका दिन विहान ७ वजे नियोगमा ल्याईदिएका हुन् । दुहेल हुँदै सिटी सेन्टर सम्म हिंडेर सिटी सेन्टरवाट उनले दाई पर्नेलाई टेलिफोन गरेपछि शनिवार विहान नियोगमा ल्याईदिएको वताईन् । हाल उनको स्पोन्सर थाईल्याण्डस्थित एक हस्पिटलको कोमामा उपचार गराईरहेकोले पैसाको अभावमा तलव नदिएको स्पोन्सरको वुहारीले नेपाली नियोगको जनसम्पर्क अधिकृत ताजलाई वताईन् । स्पोन्सरकी वुहारीले उनको स्पोन्सरलाई उपचारमा धेरै खर्च लागेकोले पुरै तलव दिन नसक्ने वताएपछि आधा पच्चीस सय दिन्छु भनेकी थिईन । पिडीत चेलीले पनि पच्चीस भएपनि लिएर घर जाने निर्णय गरिन् । घरवाट भाग्दा उनलाई पासपोर्ट, पैसा र मोवाईल चोरीको आरोप लगाएका थिए ।

पिडीत चेलीको श्रीमानले पन्ध्र वर्ष नेपाल प्रहरी जागिर खाएर छोडेर म्यानपावर एजेन्ट र घर जग्गा सम्वन्धी काम गर्दे आएको वताईन् । उनको सौतापट्टी तीन छोराछोरी छन भने आफू पट्टी एक छोरी रहेकी राधाले दोहा आउनु भन्दा अघि साउदी अरवमा पनि घरेलु कामदारको रुपमा पुगेकी थिईन् । पिडीत चेलीलाई नेपाल फिर्तिको लागि नियोगले आवश्यका काम कारवाही थालिसकेका छन् ।

Don't Miss
© all rights reserved
made with by netKUTI