आश्विन ९, लिस्बन ।
बिगत ६ महिना अगाडी देखि संचालनमा आइरहेको समाचार अनलाईन साइट साहारा संसार डट कमले पोर्चुगलबाट समेत "साहारा संसार पोर्तुगल संस्करण "को औपचारिक सुरुवात गरेको छ ।लिस्बनमा आइतबार आयोजित दशैं बिशेष सांस्कृतिक कार्यक्रमको बीच "साहारा संसार पोर्तुगल संस्करण "को औपचारिक रुपमा सुरुवात गरिएको हो । नेपाल पोर्तुगल कला संस्कृति तथा साहित्य संचार परिषदका अध्यक्ष कुमार श्रेष्ठ र एन आर एन आइसीसी सदस्य मकर हमालले संयुक्त रुपमा "साहारा संसार पोर्तुगल संस्करण "को हेडर ब्यानर प्रदर्शन गराएर औपचारिक सुरुवात भएको घोषणा गर्नु भएको हो ।
साहारा संसारको पोर्तुगल संस्करण सुरुवात गरिएकोमा उहाहरुले निकै खुशी व्यक्त गर्दै सफलताको कामना समेत गर्नुभयो। छोटो समयमा नै पाठकहरु माझ निकै लोकप्रिय र बिश्वाशिलो बन्न पुगेको साहारा संसार डट कम लाई पाठकहरुको सल्लाह सुझाब एबम प्रतिक्रियालाई मध्यनजर गर्दै निकट भबिष्यमा नै विश्वका अन्य मुलुकहरुबाट पनि छुट्टा छुट्टै संस्करण सुरुवात गरिने सम्पादक रामहरि लामिछानेले जानकारी दिनुभयो ।
उहाले साहारा संसार पोर्तुगल संस्करणको सुरुवातसंगै आफुमा अझ सुचनाको हकलाई सू सुचित गराउने गहन जिम्मेवारी थपिएको बताउदै उहाले प्रवासमा रहनु भएका नेपाली हरु को दुख सुख एबम गतिबिधिहरुलाई निरन्तर रुपमा प्रस्तुत गरिने प्रतिबद्दता व्यक्त गर्नुभयो । कार्यक्रममा नेपालका चर्चित लोक गायक बिष्णु खत्री र गायक तथा नायक यश कुमारले दर्शकहरुलाई आफ्नो गीत संगीत प्रस्तुत गरेर भरपूर मनोरंजन दिलाएका थिए ।