नारायण सापकोटा (तनहुँ खबर डट कम) दमौली असोज १२ गते नजिकिदै गएको दशै तिहार र छठ पर्वलाई मध्यनगर गदै तनहुँमा उच्च सुरक्षा सतर्कता अपनाईको छ । जिल्ला भित्र रहेका सबै सुरक्षा निकायको समन्वयमा समग्र जिल्ला भरी यस समयमा हुन सक्ने चोरी लुटपाट साथै अपराधिक कृयाकलाप नियन्त्रणका लागी उच्च सतर्कता अपनाईएको हो । जिल्लामा जनपथ, सशस्त्र र आवश्यकता अनुसार नेपाली सेनाको समेत सहयोगको आधार मानेर २४ घण्टा सुरक्षा कर्मी परिचालन गरि शान्ति सुरक्षा कायम गरिएको तनहुँ प्रहरीले जनाएको छ । जिल्लाको मुख्य बजार, आबुखैरेनी, डुम्रे, दमौली, भिमाद, खैरेनीटार, थर्पु, लगायतका क्षेत्रमा २४ सै घण्टा प्रहरी टोली परिचालन गरि चोरी लुटपाट र अपराधिक कृयाकलाप नियन्त्रणका लागी उच्च सतर्कता अपनाईएको प्रहरीले जनाएको छ । यस्तै बढी भिडभाड हुने सार्वजनिक स्थलहरु, बित्तिय संस्था र बिभिन्न बजारहरु क्षेत्रमा समेत पोशाक सहित र शादा पोशाकमा सुरक्षाकर्मी परिचालन गरि उच्च सतर्कता अपनाईएको जिल्ला प्रशासन तनहुँले जनाएको छ ।