latest

गजल - "दशैंमा" निराज भट्ट

Wednesday, October 5

/ by Admin BHOLA THAPA

बादल वर्षा हटेर घाम लाग्छ दशैंमा।
हाँसो खुशी उमङ्गको लाम लाग्छ दशैंमा।

जमरा त शिर माथि, अक्षता निधारमा।
आशिर्वाद संगसंगै दाम लाग्छ दशैंमा।

युवा युवती पिङमा, भन्दैछन् चचहुई।
सधै आए हुनि जस्तो याम लाग्छ दशैंमा।

साथीभाई मदिरामा, मस्त छन् जुवाखेल्न।
मेरो पनि थप अर्को नाम लाग्छ दशैंमा।

हुनेहरू ससुराली, जोडी संगै जानेछन्।
यो सम्झिदा तिम्रो घर आम लाग्छ दशैंमा।

Don't Miss
© all rights reserved
made with by netKUTI