latest

बाबुराम सरकारले संविधान निर्माण गर्ने आशमा अन्न त्यागिद्धारा अन्न ग्रहण

Saturday, October 1

/ by Admin BHOLA THAPA
अनु खनाल
गत २०६७ साल माघ ९ गतेदेखि संविधान नबनेसम्म अन्न त्याग गरेका महोत्तरी गौरीबास ३ पाटुका यमबहादुर बुढाथोकिले आजदेखि अन्न खाएका छन् । महोत्तरीको बर्दिबासमा आज पत्रकार सम्मेलनको आयोजना गरेर बुढाथोकिले अन्न खाएका हुन् ।

पुर्व मेचिदेखि पश्चिम महाकालिसम्म संविधान निर्माण र शान्तीको कामना सहितको सन्देश बोकि भ्रमणमा निस्कीएका बेला हरेक स्थानमा वर्तमान सरकारका प्रधानमन्त्री डा बाबुराम भट्टराईले शान्ती र संविधान तोकिएको ४५ दिनको समयमा पुरागर्ने विश्वास सर्वसाधरणले व्यक्त गरेपछि आफुले अन्न ग्रहण गर्ने घोषणा गरेको बुढाथोकिले पत्रकार सम्मेलनमा बताउनु भयो ।
बुढाथोकिले गत २०६७ साल चैत्र ३ गते ६०१ सभाषदको समयमै संविधान निर्माण गर्न सकुन भन्दै काठमाडौंको खुल्ला माचमा ग्रहशान्ती समेत गर्न भएको थियो । वर्तमान सरकारका प्रधानमन्त्री बाबुराम भट्टराईले संविधान निर्माणमा महत्वपुर्ण भुमिका खेल्ने भन्दै तोकिएको ४५ दिनभित्र संविधान निर्माण नभए बुढाथोकिले दशैपछि आमरण अनसन बस्ने समेत जानकारी दिनुभयो ।
पाचायतकालमा गौरीबास गाविसमा प्रधानपाच त्यसपछि कांग्रेस गौरीबास गाविसमा अध्यक्ष समेत भै सकेका बुढाथोकिले आजै कांग्रस पार्टि परीत्याग गरेको घोषणा समेत गर्नभएको छ।

Don't Miss
© all rights reserved
made with by netKUTI