latest

मकवानपुरको पदमपोखरीमा बिषाक्त खानाको कारण एक को मृत्यु ६ जना बिरामी ।।

Saturday, October 1

/ by Admin BHOLA THAPA
बन्दना पौडेल, मकवानपुर मकवानपुरको पदमपोखरी १ बनस्पतीमा बिषाक्त खानाको कारण एकैं घरका ६ जना
बिरामी परेका छने भने एक को मृत्युभएको छ । बुधवार साँझ स्थानिय मासु पसलबाट कुखुराको मासु किनेर लगेको र सोही मासु खाएपछी बिरामी परेको बिरामी गोपाल रानाले बताउनुभयो । अखाद्य मासुको कारण रानाको परिवारको सबैं जना बिरामी परेका छन् भने रानाका ५ बर्षिय भतिजो सन्तोष रानाको उपचारको क्रममा निधन भएको छ । झाडा पखाला र बान्ता हुने भएका ५ बर्षिय रानाको हेटौंडा अस्पतालमा उपचार हुन नसकेपछी थप उपचारको भरतपुर अस्पताल लगिएको थियो । अस्पतालमा पुग्नासाथ डाक्टरले उनको मृत्यु भएको जानकारी गराएका थिए । यसैगरी अखाद्य मासुकै कारण रानाको परिवारका ५२ बर्षिय बिलबहादुर राना, ५२ बर्षिय निलकुमारी राना, ४५ बर्षिय अम्बिका राना, १२  बर्षिय संगिता राना र १८ बर्षिय दिपेश आले बिरामी पर्नुभएको छ । बिरामीहरुको उपचारको लागी हेटौंडा अस्पताल ल्याउने तयारी भईरहेको ईलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरिक्षक दिपेन्द्र पंञ्जियारले जानकारी दिनुभयो ।







Don't Miss
© all rights reserved
made with by netKUTI