latest

रौतहटको जंगलबाट काठ चोरी निकासी रोकिएन

Saturday, October 1

/ by Admin BHOLA THAPA
नरहरि आचार्य
रौतहटका राष्ट्रिय जंगलमा दैनिक जस्तो सालको काठ चोरी तस्करी हुने गरेको पाइएको छ । खास गरी मुख्य राजमार्ग क्षेत्रको दक्षिणी क्षेत्र अन्र्तगतका रेन्जपोष्टबाट दैनिक काठ तस्करी भैरहेको स्थानीयवासीले बताएका छन् ।
जंगलभित्र रुख काटेर रातारात चोरी तस्करी हुने गरेको जानकारी जिल्ला वन कार्यालयमा भए पनि वन कर्मचारीहरुले यतिखेर वडादशैंको कारण देखाएर वेवास्ता गरिरहेको वनको समावेशी कार्यदलका सदस्यहरुले बताएका छन् ।
जिल्ला वन कार्यालयको मिलेमतोमा यस्तो काम हुने गरेको कार्यदलका सदस्यहरुले आरोप
लगाएका छन् । जिल्लाबन कार्यालय रौतहट अन्र्तगत धन्साररंगपुरसिम्री तथा बृन्दाबन रेन्जपोष्ट अन्र्तगतका रेन्जपोष्टको वन क्षेत्रका सालको गोलिया रातारात काटेर चोरीतस्करी हुने गरेको स्थानिय बासिन्दाहरुले बताएका छन् ।
त्यसैगरी बन क्षेत्रमा अतिक्रमण गरी बनाइएको निजी घर टहरा पनि कार्यालयले हटाउन सकको छैन । स्थानिय युवा नरेश लामिछानेले बन कार्यालयले धेरै बनहानी नोक्सानी हुने क्षेत्रलाई प्राथमिकतामा नराखेकाकारण राजमार्गदेखि दक्षिणतर्फको राष्ट्रिय जंगल तिव्र रुपमा विनास भैरहेको आरोप लगाउनुभएको छ ।

Don't Miss
© all rights reserved
made with by netKUTI