तनहुँखबर अनलाइन
तनहुँ असोज १४
तनहुँको दक्षिणी व्यापारिक शहर भिमाद बजारबाट स्याङ्जाको सांखरतर्फ जाँदै गरेको मिनिबस शनिवार भिमाद-१ शितलचौपारीमा दुर्घटना भएको छ । दुर्घटनामा परी २१ यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय भिमादले जनाएको छ ।
इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरिक्षक नेत्र बहादुर क्षेत्रीका अनुसार ध १ ख २४३ नम्बरको मिनिबस सडकदेखी करिब २ सय मिटर तल खसेको हो । दुर्घटनाका घाइतेहरुको प्राथमिक स्वास्थ्य केन्द्र भिमादमा उपचार भईरहेको छ । दशैको चापका कारण बसमा ५० भन्दा बढि यात्रुहरु सवार रहेको प्रहरीले जनाएको छ ।