गीता कुवँर
बाजुरा, असोज १४
बाजुरा जिल्ला वाई गाविस ४ मिगुका १५ सयभन्दा बढि स्थानीयबासिन्दा लामो समयदेखि खोलाको पानी पिउँदै आएका छन् । २०६६ सालमा छनोट भएको खानेपानीको अहिलेसम्म काम संचालनमा नभएपछि खोलाको पानी खाँदै आएका छन् । अहिले मिगु गाउँका स्थानियबासिन्दा खोलाको पानी खान बाध्य भएका स्थानिय सुर्जमान महतारले बताएका छन् । जिल्ला सदरमुकामदेखि १८ कोश टाढा रहेको वाई गाविस वडा नं ४ मिगु खोलाको पानि खानाले केही दिन पहिले
मात्र पूरै गाउँ सरुवा रोगको सङ्क्रमणमा परेका थिए । गाविसबाट योजनाको लागि एक नम्बरमा छनौट गरेतापनि जिल्लामा आएर त्यसको कुनै वास्ता नगरेको स्थानीयबासीले बताएका छन् । पटक पटक जिल्लामा खानीपानीको लागि पहल गरेको भएतापनि कसैले वास्था नगरेको उनीहरुको भनाइ छ ।