latest

सरकारलाई दिएको समर्थन फिर्ता लिने नेकपा एकीकृतको निर्णय

Saturday, October 1

/ by Admin BHOLA THAPA
विनोद परियार
बुटवल, असोज १४ ।
बुटवलमा जारी नेकपा एकीकृतको आठौं राष्ट्रिय महाधिवेशनले सरकारलाई गरेको समर्थन फिर्ता लिने निर्णय गरेको छ । महाधिवेशनको बन्दसत्रमा बहुमत सदयहरुले वर्तमान सरकारले प्रतिवद्धताअनुसार काम नगरेको बताउँदै सरकारलाई दिएको समर्थन फिर्ता गर्न आग्रह गरेका थिए । सोही आग्रहअनुसार सरकारलाई दिएको समर्थन
फिर्ता लिने निर्णय भएको हो । एकीकृतको दुई जना सभासद् छन् । यसैबीच नेकपा एकीकृतको बन्दसत्रमा प्रतिनिधिका बीचमा आरोप प्रत्यारोप चलेको छ । माले पृष्ठभूमि र एकता केन्द्र मसाल पृष्ठभूमिका प्रतिनिधिका बीचमा नेतृत्व र पार्टी रणनीतिलगायतका विषयमा विवाद हुँदा आरोप प्रत्यारोप चलेको हो । पार्टी अध्यक्ष रामिसंह श्रीसले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि युवराज पन्थीले पेश गरेको फरक प्रस्ताव भएपछि सभासद् परि थापालाई हातपात भएको थियो । प्रचार विभाग प्रमखु टंक राईले भने विवाद नभएको दावी गर्नुभएको छ । विवादकै कारण महाधिवेशन लम्बिएको स्रोतले जनाएको छ ।

Don't Miss
© all rights reserved
made with by netKUTI