कृष्ण न्यौपाने
तनहुँ, कार्तिक २४-राधा माधव समिति नेपालको आयोजना र आध्यात्मिक प्रवचन समिति दमौलीको व्यवस्थापनमा दमौलीमा हुन लागेको दार्शनिक प्रवचनको तयारी अन्तिम चरणमा पुगेको छ । आध्यात्मिक चिन्तन विकास गर्ने उद्देश्यले कार्तिक २५ देखि मंसिर ५ गतेसम्म हुन लागेको प्रवचनको तयारी अन्तिम चरणमा पुगेको प्रचारप्रसार संयोजक शंकरलाल राजभण्डारीले जानकारी दिए ।
प्रवचनको प्रचारप्रसारका लागि दमौली बजारमा करिब ३ सय भन्दा बढि तुल व्यानर टाँगिएको र मुख्य चोकमा स्वागत गेट निर्माण भइरहेको उनले बताए । स्वामी हरिदासजी जगद्गुरु कृपालु महाराजका प्रचारक स्वामी हरिदासले प्रवचन दिने कार्यक्रम कुनै पनि जात धर्म समाज वा सम्प्रदाय विशेषमा नबाँधिएको प्रचारप्रसार संयोजक राजभण्डारीले बताए ।
प्रचारप्रसार संयोजक राजभण्डारीका अनुसार स्वामी हरिदास बुधबार साँझ दमौली आइसकेका छन् । प्रवचन जिल्ला सभागृह हल दमौलीमा निशुल्क रुपमा साँझ ४ बजेदेखि ५ः३० बजेसम्म हुनेछ । यस अघि २१ वटा जिल्लामा यसखाले प्रवचन सम्पन्न भइसकेको र अन्य जिल्लामा समेत माग भइरहेको आयोजकले जनाएको छ ।

![]() |
स्वागतका लागि बनाइएको गेट |