नारयण सापकोटा

बन्दको अवज्ञा गरेको भन्दै जिल्ला जिल्लामा पनि तोडफोड तथा आगजनि भएका खबर सहकर्मीहरुले पठाएका छन । यस्तै राजधानीको बाल्मिकी क्याम्पसमा सञ्चालित नेपाल विश्व विद्यालय अन्र्तगत उत्तर मध्यमा र आचार्य तहको परीक्षा पनि विथोलिएको छ । बन्दकर्ताहरु परीक्षा हलमा पसेर परीक्षा विथोलेको बताइएको छ ।यसैबीच काँग्रेस कार्यकर्ताले समाचार संकलन गर्न नयाँ बानेश्वर पुगेको नेपाल एफएमको बा ६ च ४४ ०० नम्वरको मारुती भेन तोडफोड गरेका छन् ।प्रेसको गाडी भन्दा भन्दै कांग्रेसका कार्यकर्ताले गाडीमा तोडफोड गरी क्षति पु¥याएको नेपाल पत्रकार महासंघ नेपाल एफ एम प्रतिष्ठान शाखाले विज्ञप्ती मार्फत जनाएको छ ।
विज्ञप्तीमा लोकतान्त्रिक संस्कार र स्वतन्त्र पत्रकारिताको चर्काे वकालत गर्ने नेपाली काङ्ग्रेसका कार्यकर्ताबाट भएको यस घटना प्रेसमाथिको ठाडो हमला भएको उल्लेख छ । पत्रकारमाथि हुने हस्तक्षेप रोक्न सरकारसंग माग गर्दै घटनाका दोषीलाई तत्काल कानुनी कारवाहीको दायरामा ल्याउन र क्षतीपूर्तिको ब्यवस्था गर्न नेपाल एफ एम प्रतिष्ठान शाखाले माग गरेको छ ।यता काँग्रेसले शान्ति पूर्ण बन्द आह्वान गरेको र तोडफोडमा नउत्रन कार्यकर्तालाई निर्देशन दिएको महामन्त्री कृष्ण सिटौलाले नेपालवाणी नेटवर्कलाई जानकारी दिनुभयो ।
बन्दलाई मध्यनजर गर्दै सरकारले राजधानीमा मात्रै ४ हजार सुरक्षाकर्मी परिचालन गरेको छ काँग्रेसले राजधानीको बसन्तपुरमा कोणसभा गदै अहिले केहिबेरमा बन्द सकिएको घोषणा गदैछ ।चितवन कारागारमा गत मंसिर २० गते सांङघातिक आक्रमणबाट गम्भीर घाइते भएका पौडेललेको २ दिन अघि राजधानीको बाँसबारी स्थित न्यूरो अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । सरकारले पौडेलमाथि लगाएको मुद्दा फिर्ता नलिएसम्म अस्पतालबाट शब नउठाउने काँग्रेसले जनाएको छ ।
कसैलाई जवरजस्ती कुटपिट र तोडफोड नगरी बन्द कार्यक्रमलाई शान्तिपुर्ण बनाउन काँग्रेसको आह्वान, पार्टीले आयोजना गरेका नेपाल बन्दको कार्यक्रमलाई शान्तिपुर्ण रुपमा सम्पन्न नेपाली काँग्रेसले सवैसंग आग्रह गरेको छ । पार्टीको तर्फबाट कसैप्रति धम्की र जवरजस्ती नगर्न समेत काँग्रेसले सवैलाई आग्रह गरेको छ । काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले आज नेपालवाणी नेटवर्कको वाणी वहसमा कुराकानी गर्दै आजको नेपालबन्द शान्तिपुर्ण हुने दावी गर्नु भयो ।
महामन्त्री सिटौलले शान्ति र न्यायको माग गर्दै काँग्रेसले बन्दको आह्वान गरेको स्पष्ट पार्दै आन्दोलनको विरोध गर्नेहरुलाई हत्याको पनि विरोध गर्न आग्रह गर्नु भयो ।
राज्यको नियन्त्रणमा रहेको व्यक्तिको हत्या हुदा जनताले बोल्न नपाउने अवस्था तानाशाही व्यवस्थामा मात्रै हुने भएकाले लोकतन्त्रका विश्वास गर्नेहरुले चुप लागेर बन्न नमिल्ने महामन्त्री सिटौलाको तर्क छ । उहाले काँग्रेस कार्यकर्ता पौडेललाई सरकारले नै षड्यन्त्र गरेर मारेको दावी समेत गर्नु भयो । सरकारले नियतबस हत्या गरेकाले सहिद घोषणा गर्न अटेर गर्नु गैरजिम्मेवार भएको महामन्त्री सिटौलाको भनाई थियो ।