एन आइ न्यूज - इजरयल, डिसेम्बर २०,
दुतावासका अनुसार लाशलाइ थाइल्याऩ्डको राजधानी व्याङ्ककमा ट्रान्जिटमा १ दिन राखेर २१ डिसेम्वर २०११ तदनुसार पौष ६ गते वुधवार दिउसो १ बजे नेपाल पु-याइने छ ।
स्व. ल्हमी शेर्पाको मृत्यु पश्चात पुलिस अनुसन्धानबाट निजको मृत्यु अप्राकृतिक र अपराधिक तवरबाट नभएको खुलेपछि निजको परिवारले शवको पोस्टमार्टकोलागि गरिने अटोपेशी (चिरफार) नगर्न अनुरोध गरेकोले मृतकको पोस्टमार्टम नगरी लाश नेपाल पठाइएको हो । त्यस्तै मृतक शेर्पाको लाशलाई इजरायलमा गर्नुपर्ने सम्पूर्ण प्रक्रियागत कार्य पुरा गरी हेल्थ इन्सुरेन्स कम्पनी, इजरायल इम्वाम सर्भिस र नेपाली राजदूतावास तेलअभिवको संयुक्त प्रयासमा नेपाल पठाइएको हो ।
मृतक शेर्पाको परिवारले नेपाल इजरायल डट नेटलाई दिएको जानकारी अनुसार शेर्पाको मृत शरिर प्राप्त भएपछि वौद्द धर्मको संस्कार अनुसार अन्त्ष्टी गरिनेछ ।