कपिल ज्ञवाली
बुटवल असार ९
प्रधानमन्त्री डा. बाबुराम भट्टराईका प्रमुख राजनीतिक सल्लाहकार देवेन्द्र पौडेल सुनिलले देशलाई संवैधानिक संकटमा धकेल्नुभन्दा निर्वाचनमा जानु नै उपयुक्त हुने बताउनुभएको छ । तर प्रमुख पार्टीहरुबीचको सहमतिबिना भने चुनाव हुन गाह्रो हुने उहा“को भनाइ छ । रिपोर्टर्स क्लब लुम्बिनीले आज बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै पौडेलले संविधानसभा माओवादीले विघटन गरेको नभई स्वतः विघटन भएको र अदालतको आदेश अनुसार पनि निर्वाचनको घोषणा गरिएको बताउनुभयो ।दलहरुबीच सहमति नभई प्रधानमन्त्री भट्टराईको राजीनामा माग्नु उपयुक्त नभएको भन्दै एमाओवादीका पोलिटब्यूरो सदस्य समेत रहनुभएका पौडेलले एकतर्फ रुपमा राजीनामा माग्नु पूर्वाग्रह भएको उल्लेख गर्नुभयो ।पार्टी विवादबारे बोल्दै एमाओवादी नेता पौडेलले रिस आवेगले पार्टी फुटाएर वैद्य समूहले देश, जनता र कम्युनिष्ट आन्दोलनलाई घाटा पु¥याएको बताउनुभयो । पार्टीको रणनीति र उद्देश्य एउटै हु“दा हु“दै आफूहरूलाई मात्र अकबरी सुन र अब्बल दर्जाको क्रान्तिकारी ठान्नु संगठनात्मक रूपमा अराजकता भएको पौडलेको भनाइ छ । राष्ट्रपतिलाई बोलाइएको निमन्त्रणामा प्रधानमन्त्री ब्राजिल गएको भनी गरिएको प्रचार गलत भएको भन्दै पौडेलले १ सय ६० देशका कार्यकारी प्रमुख सहभागी हुने कार्यक्रममा प्रधानमन्त्री भट्टराई जानु जरुरी रहेको बताउनुभयो ।
सोही अवसरमा बोल्दै एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य तथा अवध मधेस राज्य समितिका सचिव निर्मलकुमारले एमाओवादीमा झण्डै दुई तिहाई नेता कार्यकर्ता रहेको र अन्य मात्र वैद्य समूहद्वारा नवगठित पार्टीमा गएको बताउनुभयो ।
अवध मधेसका ८ केन्द्रीय सदस्यमध्ये ७ जना संस्थापन पक्षमा एक जना वैद्य पक्षमा, सल्लाहकार ९ जनामध्ये ७ जना संस्थापनतर्फ, राज्य समितिका २ सय ५६ मध्ये १ सय ५२ संस्थापनतर्फ, ८४ जना वैद्यतर्फ र २० जना तटस्थ रहेको उहा“ले बताउनुभयो । अवधका तीन जिल्लामा धेरैजसो संस्थापन पक्षतर्फ रहे पनि कपिलवस्तुमा कार्यालय टिममा ४ जनामध्ये ३ जना वैद्य पक्षमा रहेको उहा“ले बताउनुभयो । क्लबका अध्यक्ष प्रकाश खनालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन तेजेन्द्र केसीले गर्नुभएको थियो ।