आँबुखैरेनी,
१४ मंसिर । आँबुखैरेनी–६, एैना पहरा नजिकै ट्राफिक नियम उल्लघंन गर्ने २७
वटा सवारी साधन कारबाहीमा परेका छन् । बिहीबार दिउँसो १ बजेदेखि अपराह्न ४
बजे सम्म इलाका प्रहरी कार्यालय आँबुखैरेनीले गरेको सवारी साधन चेकजाँचका
क्रममा २७ वटा सवारी साधन कारबाहीमा परेको हो । कारबाहीमा परेको सवारी
साधनबाट प्रहरीले ४ हजार ८ सय रुपैंया राजस्व संकलन गरेको छ ।