Responsive Ad Slot

latest

पत्रकारहरुले भोलि सिट्टी फुक्ने

Thursday, June 30

/ by Admin BHOLA THAPA
काठमाडौ । पत्रकारमाथि आक्रमण गर्नेलाई सरकारले कानूनी दायारमा ल्याउन नसकेको भन्दै सरकारको ध्यानकर्षण गराउन शुक्रबार मुलुकभर पत्रकारहरुले सिट्टी फुक्ने भएका छन् । विराटनगरका पत्रकार खिलानाथ ढकाल लगायत मुलुकका विभिन्न स्थानमा पत्रकारमाथि भएको आक्रमणको दोषीलाई पक्राउ गर्न दवाब दिने उद्देश्यले पत्रकारहरुले सिट्टी फुक्न लागेका हुन् ।
यसअघि मंगलबार मुलुकभरबाट सरकारलाई लालटिन पठाइएको थियो । नेपाल पत्रकार महासंघले सुरु गरेको आन्दोलनको दोस्रो चरणको कार्यक्रम सिट्टी फुकेर सकिंदैछ । अपरान्ह १ बजे राजधानीमा मुलुकको केन्द्रीय प्रशासन केन्द्र सिंहदरवार नजिकै माइतीघर मण्डलामा र राजधानी बाहिर जिल्ला
प्रशासन कार्यालय अगाडि १५ मिनेट सिट्टी फुक्ने कार्यक्रम तय गरिएको छ । महासचिव ओम शर्माले उक्त कार्यक्रममा उल्लेख्य संख्यमा संचारकर्मीहरुलाई सहभागी हुन आग्रह गरेका छन् । source: janachahana.com
Don't Miss
© all rights reserved
made with by netKUTI