Responsive Ad Slot

latest

समाचार

News

तनहुँ खबर

Tanahun

खेलकुद

Sports

प्रवास खबर

Prabas

विविध

Bibidh
x0x

कला मनोरन्जन

साहित्य

VIDEO

Video

फोटो फिचर

Photo

खेलकुद

साहित्य

स्थानिय खबर

कृषि विश्वविद्यालयमा तयार भयो बायोसेफ्टी लेभल टु प्लस प्रयोगशाला

No comments

चितवन । 

चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयको पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान संकाय परिसर, रामपुर, चितवनमा बायोसेफ्टी लेभल टु प्लस प्रयोगशाला निर्माण गरिएको गरिएको छ । प्रयोगशालाको बागमती प्रदेश सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका मन्त्री प्रकाश श्रेष्ठले सोमबार उद्घाटन गरे । प्रदेश सरकारको १५ करोडको आर्थिक सहयोगमा बनेको मन्त्री श्रेष्ठले विश्वविद्यालयका उपकुलपति प्रा.डा. शारदा थपलियालाई हस्तान्तरण गरे । 

प्रयोगशाला


भवन समुदघाटन कार्यक्रममा बागमती प्रदेश सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्री श्रेष्ठले विश्वविद्यालयमा निर्माण सम्पन्न भएको प्रयोगशाला भवन बागमती प्रदेश सरकारको गौरवको योजना रहेको बताए ।

मन्त्री श्रेष्ठले बागमती प्रदेशका ६ लाख किसानसहित देश भरिका किसानले यसबाट लाभ लिनसक्ने बताए । प्रयोगशालामा गरिने अनुसन्धानबाट प्राप्त नतिजालाई व्यवहारमुखी बनाउने चुनौतीलाई सामना गर्न समेत प्रदेश सरकारले सहकार्य गर्ने उनले बताए । कार्यक्रममा बागमती प्रदेश सरकारका वन मन्त्री कृष्णप्रसाद सिलवालले  रोगका असर र रोकथामका विधी तयार गर्न प्रयोगशाला उपयोग हुने बताए । प्रविधीको प्रयोगले प्रयोगशाला निर्माणको उद्देश्य प्राप्तिमा सहयोग पुग्ने बताउँदै मन्त्री सिलवाललले विश्वविद्यालयमा पढाउने, अनुसन्धान गर्ने र किसानलाई समाधानका उपायहरु बाँड्न सफलता मिल्ने विश्वास व्यक्त गरे । 

प्रयोगशाला पशुपंक्षी एवं खेतीबालीमा देखिने रोग, किराको  सुक्ष्म परीक्षणका लागि उच्चस्तरको विशिष्टिकृत सुरक्षा व्यवस्था सहित निर्माण गरिएको छ । ढुसी, ब्याक्टेरिया, भाईरसको सुक्ष्म अध्ययन, अनुसन्धानका लागि प्रयोगशाला बहुउपयोगी रहने विश्वविद्यालयका उपकुलपति प्रा.डा. शारदा थपलियाले बताईन् । प्रयोगशालाको अधिकतम उपयोग गर्नका लागि विश्वविद्यालयमा सक्षम जनशक्ति रहेको बताउँदै उनले भनिन्, ‘नयाँ प्रयोगशाला भवन पूर्ण रुपमा बायोसेक्युरीटी सहित बनेको छ । अहिले विश्वविद्यालयमा रहेकै मेशिनको प्रयोगबाट अगाडी बढ्नेछौं ।’ प्रयोगशालालाई सञ्चालनका आवश्यक थप नयाँ मेशिनहरु खरिदका लागि ५ करोड रुपैयाँ लाग्ने भएकाले त्यसका लागि प्रदेश सरकारसँग सहकार्य गरिने उनले बताईन् । प्रयोगशाला सञ्चालनका लागि कार्यविधीको मस्यौदा तयार भैसकेको र त्यसलाई अन्तिम रुप दिने कायै भैरहेको उपकुलपति प्रा.डा. थपलिया बताउँछिन् । 

समुद्घाटन कार्यक्रममा बागमती प्रदेशका पूर्व मन्त्री दावा दोर्जे लामा, विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा.पुष्कर बहादुर पाल, पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान संकायका डीन प्रा.डा. भूमिनन्द देवकोटा लगायतले मन्तव्य राखेका थिए ।

माडीमा सोमबार खिचरा महोत्सव हुने ।

No comments

चितवन ।


थारु कल्याणकारीणी सभा क्षेत्र नं. १ माडीको आयोजनामा भोलि पौष २९ गते सोमबार र माघ १ गते मंगलबार दुइ दिने खिचरा उत्सव सञ्चालन हुँदैछ ।  


माघि (खिचरा) पर्व एवं थारू नयाँ बर्ष २६४८ काे अवसरमा माडी–३ बघौडाको चौरमा सञ्चालन हुने खिचरा उत्सवमा थारु संस्कृति र पहिचान र भेषभुषा झल्कने पोशाक सहित झम्टा, लाठि नाच प्रदर्शन गरिनुका साथै माछा, घोंगी र चिचर लगायत थारु परिकारहरु पाइने आयोजकले जनाएको छ । 


उद्घाटनकै दिन माडीका चारवटै रेडक्रस उपशाखा, बर्ड्स नेपाल बरूवा, टाेल विकास संस्था, युवा क्लबहरूकाे समन्वयमा वृहत रक्तदान कार्यक्रम समेत सञ्चालन हुनेछ ।

थानीमाईलाई डोली कि ताम्दानी?

No comments

भोला थापा क्षेत्री,


झट्ट सम्झनुस त
  थानिमाईको मन्दिर  कुन जिल्लामा पर्छ र कहिले पुजा गरिन्छ ?


पुजा गरेपछि मन्दिरमा के चढाईन्छ ताम्दानी की डोली?


तपाईलाई थाहा छैन कहाँ पर्छ थानीमाई मन्दीर ?


गण्डकी अन्चल तनहूँ जिल्ला डुम्रे बजार बाट उत्तर पट्टी लम्जुङ जाने हाईवे रोड सगै करिब १५ कि मी पिच   किमी कच्ची सडक पार गर्दैपुगीने भानु  नगरपालिका ७  (साविक बसन्तपुर गाविस वडा ३ ) अबस्थित धार्मीक स्थल  श्री थानीमाई मन्दिरथानीमाई नाम बाट अपरम्पार नाम कमाउन सफलतथा गण्डिकी अन्चलमा नै प्रख्यत छिनतनहुँ कि थानीमाई 


जताततै हराभर सानो एउटा गाँउ जसमा विविध जातजाती संस्कृती ,धर्ममा आस्था राख्ने क्रमस दमाईकामिसार्की वाउनक्षेत्री ,मगरनेवारमुस्लीम धर्मालम्बीहरुको बाहुल्यता यस भेगमा पाइन्छ।


बसन्तपुर श्री थानीमाईको मन्दिरको वरिपरि रमणीय स्थलबाट गोर्खाको लक्ष्मी बजारलिगलिक कोट तथा पश्चिमको मनैलोभ्याउनेअन्नपूर्ण हिमशृंखला निकै राम्रा हिमाली दृश्यहरु देख्न सकिन्छ  

यो भाग उच्च भएको हुदा यहाँबाट नागबेली खोलानालाहरु फाउदी खोला , भानुभक्तको जन्म स्थानमा रहेको चुद्धी खोला . गोर्खा कोसिमानामा पर्नै चेपे नदि अनि मस्र्यङदी नदि  रम्घा फाट खातिथोक को डाडो साथै र्मिलुङ को डाडो तनहुँसुर राजदरवार  लम्जुङकोराईनसकोट गगनचुम्बी पाहडहरुपनि सबै एकै हाराहारीकै अनुपातमा हेर्न सकिन्छ 


जनस्रुती अनुसार परम्परा रितीथितीअनुसार लेक बाट भोटेनी जडिबुटीहरु बेच्दै बसन्तपुर गाउँमा साझपख बाँस माग्दै आएकी थिईन अरे l 


उक्त गाउका मान्छेले भोटेनी भनेपछि केहि तन्तर मन्तर टुनामुना लाउन सक्छे भन्ने डरले बासँ नदिए पछि डाँडोमा रहेको एउटा कटुस को बोटमाराती आश्रय लिन पुगेको  त्यही कटुसको बोट मुनी बास बस्ने क्रममा राति जोड सगँ अन्नधुन्न असिना पानी परेकोले कहाँ जाउ के गरु भन्दाउहि बोट मुनी नै बस्दा अस्वस्थ शरीरमा असिना पानीको मार खप्न नसकि निकै कष्ट सहेर उनको निधन त्यही कटुसको बोट मुनी भएर स्वर्गमाबास लिन पुगिछिन l


 त्यही मृत्युको दिन देखी त्यस गाँउमा भाड भैलो मच्चने विभिन्न दैविकप्रकोप प्रकृतिक प्रकोपले सताउन थालेको बाघले सताउने  रात भरिवाघले सुत्न नदिने यस्तो अचानक भए पछि गाउलेहरुले के भयो कसरी यसो हुन गयो भनेर खोजी निती गर्दा उही भोटिनी नै थानीमाईकोरुपलिएर त्यही स्थानमा बसेको  उसको पूजाआजा भने बमोजिम विधिअनुसार गरि गाउलेले उहि मन्दिर बनाई शिला थापना गरेको भन्नेसुन्नमा आएको पाइन्छ।


करिव २५/३० वर्ष पहिला देखी मैले थाहा पाए अनुसार हरेक सोमवार का दिन आफ्नो घरमा सत्यनारायण पुजा लगाई मंगलवारथानीमाईलाई डोली चडाउन लाने चलन  !


तर ताम्दानी हैन,


अनेकौ कष्टका बाबजुद पनि पैदल हिडेरै टाडा टाडाबाट भक्तजनहरु डोलीलिइ आउने गर्दछन्  मन्दिरपरिसरलाई परिक्रमा गरि माथीथुम्काशिखरमा अबस्थित मन्दिरमा उक्लदै बाजा गाजा धोजा पताका सहित थानीमाईको जय जयकारले त्यो अनुपम बन्दछ त्यो स्थल सोमबारका दिन भने मन्दिरमा सयौ जना भक्तजनहरुको रात्री बत्ति बाल्ने भिड उत्तिकै लाग्ने गर्दछ साथै नाचगान गरि रमाईलो भक्तजनहरुलेभजन गाउदै रात उनै थानीमाईको काखमा विताउने गर्दछन्। हजारौ भक्तजनको भिड्लाग्ने थानीमाई मन्दीरमा भने कुनै जात जातीको भेदभाबभन्ने चलन छैन सबै यहाँ खुल्ला नै  


विहान स्नान गरि चोखोपवित्र मनले थानीमाईलाई दर्शन गर्न जाने चलन   यसो पनि भन्छन उनलाई दर्शनपुजा गर्नजादा आफुले मागेकोमनोकामना पूरा पनि हुने भक्तजनहरुले पनि बताउछन्  


विभिन्न आस्था  विश्वासको सेरोफेरोमा सम्रक्षित  थानीमाई 

साथै मन्दिर वारिपरि / वाट पाटि पौवाहरु पनि छन जहाँ विदेश तथा स्वादेशमा हुने गाउलेहरुको सहयोग तथा मन्दिरको आम्दानी बाटउक्त पाटिको निमार्ण भएको थाहा पाईन्छशान्त शितल अनि अनुपम आनन्दमान्छेले सायद थोरै ठाँउमा पाउछन् जुन यहाँ बाट पाउनसकिन्छ।


मन्दिरको प्राकृतिक भूस्थिती ज्यादै दयनि  हाल आएर चारैतर्फ भिरालो भएको ठाउमा पुरा पक्का सिमेन्टलगाई तलबाट नै निर्माण गरिल्याईको ढलान बाट उक्त ठाउलाई पैरो बाटजोगाउने कोसिस गरिएको छ। विभिन्न संघसस्था अनि गाउले यति सम्म वा सक्दो प्रयास गरेकोदेख्न सकिन्छ  


दुखको कुरा यहि छ कि, हामि कलाकार हौ भन्छौ गतिला टुक्क सम्झन्छौ /बनाउछौ तर हामी कुन तरिकामा गीत पस्कदै छौ त्यसगीतले समाज जाति धर्मा र कर्मामा कत्तिको असर पर्छ /गर्छ भन्ने अलिकति हेक्का पनि किन राख्दैनौ?


भर्खरै बजारमा आएको गायक बिबेक धिताल र गायिका आशा बिसीले गाएको गीतको एक टुक्क सुन्नुस त ?


गीतको भाका के छ? 

रक्षा गर तनहुँको थानि ।

दिम्ला तिम्लाई फुलैको ताम्दानी ।


अब भन्नुस् थानिमाई मन्दिरमा डोली चढाउनु हुन्छ कि ताम्दानी?


गीत  थानिमाईको बारेमा बनेछ, तपाई खुसी हुनु भयो ? तर शब्द सुन्नुस त के तपाईलाई जायज लाग्छ?


गीतले युटुबमा भ्युओर्स पाउनु ठुलो कुरा हैन, समाज , भगवान प्रति के चढाईन्छ? डोली कि ताम्दानी? गायक/गायिका र शब्द लेख्नेले अलिकति ध्यान नपुराएको  हो कि जानिबुझि बुझ पचाएका हुन तपाईले महसुस गर्नु भयो कि नाई?

 

यसैले यस गीतमा केहि त्रुटिहरू छन  शब्दहरू सच्याउनु पर्ने मैले देखे बाकीँ तपाईहरूको भरमा जय थानिमाई ।


उहि तपाईको नजाति मान्छे 

 थापा कान्छो 

हाल खाडि मुलुक बाट ।



गीत यहाँ छ सुन्नुहोला ।

https://youtu.be/0GxMRkUDrMY?si=ZkdwL3xTogaz-zfH
© all rights reserved
made with by netKUTI