latest

थानीमाईलाई डोली कि ताम्दानी?

Friday, December 27

/ by Admin BHOLA THAPA

भोला थापा क्षेत्री,


झट्ट सम्झनुस त
  थानिमाईको मन्दिर  कुन जिल्लामा पर्छ र कहिले पुजा गरिन्छ ?


पुजा गरेपछि मन्दिरमा के चढाईन्छ ताम्दानी की डोली?


तपाईलाई थाहा छैन कहाँ पर्छ थानीमाई मन्दीर ?


गण्डकी अन्चल तनहूँ जिल्ला डुम्रे बजार बाट उत्तर पट्टी लम्जुङ जाने हाईवे रोड सगै करिब १५ कि मी पिच   किमी कच्ची सडक पार गर्दैपुगीने भानु  नगरपालिका ७  (साविक बसन्तपुर गाविस वडा ३ ) अबस्थित धार्मीक स्थल  श्री थानीमाई मन्दिरथानीमाई नाम बाट अपरम्पार नाम कमाउन सफलतथा गण्डिकी अन्चलमा नै प्रख्यत छिनतनहुँ कि थानीमाई 


जताततै हराभर सानो एउटा गाँउ जसमा विविध जातजाती संस्कृती ,धर्ममा आस्था राख्ने क्रमस दमाईकामिसार्की वाउनक्षेत्री ,मगरनेवारमुस्लीम धर्मालम्बीहरुको बाहुल्यता यस भेगमा पाइन्छ।


बसन्तपुर श्री थानीमाईको मन्दिरको वरिपरि रमणीय स्थलबाट गोर्खाको लक्ष्मी बजारलिगलिक कोट तथा पश्चिमको मनैलोभ्याउनेअन्नपूर्ण हिमशृंखला निकै राम्रा हिमाली दृश्यहरु देख्न सकिन्छ  

यो भाग उच्च भएको हुदा यहाँबाट नागबेली खोलानालाहरु फाउदी खोला , भानुभक्तको जन्म स्थानमा रहेको चुद्धी खोला . गोर्खा कोसिमानामा पर्नै चेपे नदि अनि मस्र्यङदी नदि  रम्घा फाट खातिथोक को डाडो साथै र्मिलुङ को डाडो तनहुँसुर राजदरवार  लम्जुङकोराईनसकोट गगनचुम्बी पाहडहरुपनि सबै एकै हाराहारीकै अनुपातमा हेर्न सकिन्छ 


जनस्रुती अनुसार परम्परा रितीथितीअनुसार लेक बाट भोटेनी जडिबुटीहरु बेच्दै बसन्तपुर गाउँमा साझपख बाँस माग्दै आएकी थिईन अरे l 


उक्त गाउका मान्छेले भोटेनी भनेपछि केहि तन्तर मन्तर टुनामुना लाउन सक्छे भन्ने डरले बासँ नदिए पछि डाँडोमा रहेको एउटा कटुस को बोटमाराती आश्रय लिन पुगेको  त्यही कटुसको बोट मुनी बास बस्ने क्रममा राति जोड सगँ अन्नधुन्न असिना पानी परेकोले कहाँ जाउ के गरु भन्दाउहि बोट मुनी नै बस्दा अस्वस्थ शरीरमा असिना पानीको मार खप्न नसकि निकै कष्ट सहेर उनको निधन त्यही कटुसको बोट मुनी भएर स्वर्गमाबास लिन पुगिछिन l


 त्यही मृत्युको दिन देखी त्यस गाँउमा भाड भैलो मच्चने विभिन्न दैविकप्रकोप प्रकृतिक प्रकोपले सताउन थालेको बाघले सताउने  रात भरिवाघले सुत्न नदिने यस्तो अचानक भए पछि गाउलेहरुले के भयो कसरी यसो हुन गयो भनेर खोजी निती गर्दा उही भोटिनी नै थानीमाईकोरुपलिएर त्यही स्थानमा बसेको  उसको पूजाआजा भने बमोजिम विधिअनुसार गरि गाउलेले उहि मन्दिर बनाई शिला थापना गरेको भन्नेसुन्नमा आएको पाइन्छ।


करिव २५/३० वर्ष पहिला देखी मैले थाहा पाए अनुसार हरेक सोमवार का दिन आफ्नो घरमा सत्यनारायण पुजा लगाई मंगलवारथानीमाईलाई डोली चडाउन लाने चलन  !


तर ताम्दानी हैन,


अनेकौ कष्टका बाबजुद पनि पैदल हिडेरै टाडा टाडाबाट भक्तजनहरु डोलीलिइ आउने गर्दछन्  मन्दिरपरिसरलाई परिक्रमा गरि माथीथुम्काशिखरमा अबस्थित मन्दिरमा उक्लदै बाजा गाजा धोजा पताका सहित थानीमाईको जय जयकारले त्यो अनुपम बन्दछ त्यो स्थल सोमबारका दिन भने मन्दिरमा सयौ जना भक्तजनहरुको रात्री बत्ति बाल्ने भिड उत्तिकै लाग्ने गर्दछ साथै नाचगान गरि रमाईलो भक्तजनहरुलेभजन गाउदै रात उनै थानीमाईको काखमा विताउने गर्दछन्। हजारौ भक्तजनको भिड्लाग्ने थानीमाई मन्दीरमा भने कुनै जात जातीको भेदभाबभन्ने चलन छैन सबै यहाँ खुल्ला नै  


विहान स्नान गरि चोखोपवित्र मनले थानीमाईलाई दर्शन गर्न जाने चलन   यसो पनि भन्छन उनलाई दर्शनपुजा गर्नजादा आफुले मागेकोमनोकामना पूरा पनि हुने भक्तजनहरुले पनि बताउछन्  


विभिन्न आस्था  विश्वासको सेरोफेरोमा सम्रक्षित  थानीमाई 

साथै मन्दिर वारिपरि / वाट पाटि पौवाहरु पनि छन जहाँ विदेश तथा स्वादेशमा हुने गाउलेहरुको सहयोग तथा मन्दिरको आम्दानी बाटउक्त पाटिको निमार्ण भएको थाहा पाईन्छशान्त शितल अनि अनुपम आनन्दमान्छेले सायद थोरै ठाँउमा पाउछन् जुन यहाँ बाट पाउनसकिन्छ।


मन्दिरको प्राकृतिक भूस्थिती ज्यादै दयनि  हाल आएर चारैतर्फ भिरालो भएको ठाउमा पुरा पक्का सिमेन्टलगाई तलबाट नै निर्माण गरिल्याईको ढलान बाट उक्त ठाउलाई पैरो बाटजोगाउने कोसिस गरिएको छ। विभिन्न संघसस्था अनि गाउले यति सम्म वा सक्दो प्रयास गरेकोदेख्न सकिन्छ  


दुखको कुरा यहि छ कि, हामि कलाकार हौ भन्छौ गतिला टुक्क सम्झन्छौ /बनाउछौ तर हामी कुन तरिकामा गीत पस्कदै छौ त्यसगीतले समाज जाति धर्मा र कर्मामा कत्तिको असर पर्छ /गर्छ भन्ने अलिकति हेक्का पनि किन राख्दैनौ?


भर्खरै बजारमा आएको गायक बिबेक धिताल र गायिका आशा बिसीले गाएको गीतको एक टुक्क सुन्नुस त ?


गीतको भाका के छ? 

रक्षा गर तनहुँको थानि ।

दिम्ला तिम्लाई फुलैको ताम्दानी ।


अब भन्नुस् थानिमाई मन्दिरमा डोली चढाउनु हुन्छ कि ताम्दानी?


गीत  थानिमाईको बारेमा बनेछ, तपाई खुसी हुनु भयो ? तर शब्द सुन्नुस त के तपाईलाई जायज लाग्छ?


गीतले युटुबमा भ्युओर्स पाउनु ठुलो कुरा हैन, समाज , भगवान प्रति के चढाईन्छ? डोली कि ताम्दानी? गायक/गायिका र शब्द लेख्नेले अलिकति ध्यान नपुराएको  हो कि जानिबुझि बुझ पचाएका हुन तपाईले महसुस गर्नु भयो कि नाई?

 

यसैले यस गीतमा केहि त्रुटिहरू छन  शब्दहरू सच्याउनु पर्ने मैले देखे बाकीँ तपाईहरूको भरमा जय थानिमाई ।


उहि तपाईको नजाति मान्छे 

 थापा कान्छो 

हाल खाडि मुलुक बाट ।



गीत यहाँ छ सुन्नुहोला ।

https://youtu.be/0GxMRkUDrMY?si=ZkdwL3xTogaz-zfH

Don't Miss
© all rights reserved
made with by netKUTI