देश,काल परिस्थिति झन चर्कदै गई रहेको हुनाले कयौ नेपालीहरु बेरोजगार भै बस्नु परेको छ हुन त देशको राज्य सत्ता संचालनमा नै ढिला सुस्ती,भर्ष्टचार,कर्मचारि तन्त्र, घुसखोरिले त अझै जरो गाडेको तथ्य घाम जस्तै छर्लंङ छ । देशमा संविधान बनाउन जिम्मा लिएकाहरुले संविधान तयार गर्न नसक्दा अबस्था अझै भयावह बनेको मैले महशुस गरेकी छु । हुन त यहाँ पनि सुख त कहाँ छ र अरविको मुटु दुख्ने वचन बाणहरुले अनि बंगाली,पाकिस्तानि, ईजिप्सियनको बाट हुने शारिरिक शोषण र श्रम शोषण बाट बाच्न पनि उत्तिकै गारो हुने रहेछ । कतिपय ‘’’अवस्थामा नखाउ भने दिन भरिको शिकार खाउ भने कान्छा बाबुको अनुहार’’ भने झै मजवुरिले ज्यु-ज्यानकै पेशा गरेर दिनारमा ज्यान बेच्नेहरुको पनि उत्तिकै लर्को देख्न पाईने रहेछ । राजा अरबको दुख लाग्दो कहानी कति सुनाउ तर यो मनले पटक्कै मान्दैन । घर भित्रको काममा दिईने मानसिक तनाव, भनौ या कतिपय अवस्थामा कसैको बैश धानिदिनु पर्ने अबस्था बाट पनि यहाँका नेपाली दिदि बैनिहरुको अबस्था अति नै दयनिय छ । त्यसै कारणले कतिपय दिदि बैनिहरु आत्म हत्या गर्ने सम्म स्थितिमा पुगेको घटनाहरु पनि सुन्न पाईन्छ । एल्ला र सुर्रा अरविक भाषा नबुझदा र यहाँको काममा हात नबस्दा त जीऊ भरि कोर्राका डामहरु बोक्नु पर्ने हुन्छ । आईरन ,फ्रीज, भ्याकुम किल्नर, ओभन, र अन्य ईलेक्ट्रिकल सामानको प्रयोग गर्न नजान्दा कहिले कतै पनियो र आईरनले डामेका घटनाहरु पनि पुराना हैनन । यस्ता यातनाहरु सहन नसकी घर देखी भागी बाहिरि दुनियाँमा अवैध धन्धाहरु पनि संचालन गर्ने गराउन नेपाली दिदि बैनि र दाजू भाईहरु बाध्य भएका छन भने नेपाल बाट आउने दिदि बैनि तथा दाजू भाईहरुको पनि संख्या बढ्दै गएको छ । तर जे जस्तो भए पनि यहाँ भएको घरेलू हिंसा लाई औल्याउन नपाउदा धिक्कार लागेर आउछ । यहाँ बाट मरुभूमिको कोसेली र नेपाल कुवेत डटकमले नेपाली चेलीहरुको विदारक घटनाको बारेमा पटकौ पटक लेख्दा पनि नेपाल सरकारले आँखा खोलेर हेर्न सकेन कीन मौन छ ? यहाँ जूनेली चमेली सिता र गिता जस्ता दिदि बैनिले भोग्नु परेको यातना फेरि कुनै दिदि बैनिले भोग्न नपरोस भनेर नै मैले यो सन्देश नेपालकुवेत डटकमको माध्यम बाट हजुर समक्ष पस्केकी हुँ । किनकी मलाई आशा छ यो सन्देश पाए पछि हजुरले पनि आफ्नो ओर-पर छर छिमेकका दिदि वैनीहरुलाई चेतना बाड्ने काम गर्नु हुने छ ताकी कुनै मेन पावरको फन्दामा परि कुनै कम्पनिको काम भनेर घरेलुकाममा परि ज्यु जाने यातना र मस्री बंगालीको फन्दामा परि विना वाउका नानिहरु जन्माई हत्या नगरुन । यहाँ कालकोठरिमा पिंजडाको सुगा जस्तै बसि आफ्नो देशलाई संझिदा चसक्क मुटु चस्किएर आउछ ।किनकि हाम्रो सरकारले दैलो दैलोमा शिक्षाको उज्यालो दिन सकेन शिक्षाको ज्योति दिन सकेको भए काखका बाल वच्चा र पढ्न लेख्न अधुरै छोडि यो रेगिस्तानमा पक्कै पनि छटपटिनु पर्दैन्थ्यो होला । तर पनि हाम्रो सरकार लाई संविधान सभा भित्र आफ्नै हात चाट्न पुगेको छैन । देशमा बढेको अशान्तिले गर्दा नचाहेर नै नागरिक विदेशिन परेको यो हाम्रो अवस्था हो ।
परिवारको खुशिको रङ फेर्नलाई दुखको नेल झेल्नु परेको छ । मेरो हजुर जीन्दगी नि कति अचम्मको छ है गरिबिले गर्दा आफ्नो आफ्ना सँग एकछाक फाँडो,खोले सगै बसेर पनि खान नपाउदा र यो रेगिस्तानमा बसि कल्पना बाहेक अरु के नै छ र ? संझनाले नै यो मरुभूमिको देशमा बाँच्ने आधार बनाएको छ । मेरो हजुर यहाँको दुख र कष्ट जति पानामा कोरे पनि कहिल्यै सकिने हैन ,अब त के गर्ने हजुर आफ्नो देशमा सुनौलो विहानी कहिले आउछ र जन चेतनाको दियो कहिले बल्छ र भन्ने आशमा नै शान्तीपुर्ण समाजको कामना गर्नु पर्ला मेरो हजुर मुटु भरिको माया र मन भरिको संझना सधै भरी हजुरकै लागी उहि .....................हजुरकी प्राण प्यारी
खैरेनि गा वि स दर्गाउ तनहुँ
जानु कुवेतको रेगिस्तान बाट
फोन :- + 965-99960964