मुम्बई (एजेन्सी), - अमिताभ बच्चन र श्रीदेवी सँगै देखिएको पछिल्लो फिल्म हेर्दा सायद तपाईंहरूमध्ये धेरैजना केटाकेटी नै हुनुहुन्थ्यो होला । खुसीको खबर के छ भने झन्डै दुई दशकपछि अमिताभ र श्रीदेवी सँगै फिल्ममा देखिने भएका छन् । 'इङलस भिङलस' फिल्ममा उनीहरू सँगै देखिने भएका हुन् ।अमिताभ र श्रीदेवीले पछिल्लोपटक १८ वर्षअघि 'खुदा गवाह' मा सँगै अभिनय गरेका थिए । सन् १९९३ मा रिलिज यो फिल्म खेलेबापत दुवैजना फिल्म फेयरका लागि मनोनयनमा परेका थिए । अमिताभ र श्रीदेवीले सोमबार 'इङलस भिङलस' को छायांकनमा सहभागी भए । फिल्ममा अमिताभको सानो भूमिका मात्र छ । श्रीदेवीको भूमिका श्रीमान् र परिवारलाई खुसी राख्न अंग्रेजी सिकाउने हाउस वाइफको रूपमा छ । अमिताभ फिरन्तेका रूपमा देखिन्छन् र श्रीदेवीलाई भेटेर च्याट गर्छन् । Source:ekantipurअमिताभ र श्रीदेवी सँगै
मुम्बई (एजेन्सी), - अमिताभ बच्चन र श्रीदेवी सँगै देखिएको पछिल्लो फिल्म हेर्दा सायद तपाईंहरूमध्ये धेरैजना केटाकेटी नै हुनुहुन्थ्यो होला । खुसीको खबर के छ भने झन्डै दुई दशकपछि अमिताभ र श्रीदेवी सँगै फिल्ममा देखिने भएका छन् । 'इङलस भिङलस' फिल्ममा उनीहरू सँगै देखिने भएका हुन् ।अमिताभ र श्रीदेवीले पछिल्लोपटक १८ वर्षअघि 'खुदा गवाह' मा सँगै अभिनय गरेका थिए । सन् १९९३ मा रिलिज यो फिल्म खेलेबापत दुवैजना फिल्म फेयरका लागि मनोनयनमा परेका थिए । अमिताभ र श्रीदेवीले सोमबार 'इङलस भिङलस' को छायांकनमा सहभागी भए । फिल्ममा अमिताभको सानो भूमिका मात्र छ । श्रीदेवीको भूमिका श्रीमान् र परिवारलाई खुसी राख्न अंग्रेजी सिकाउने हाउस वाइफको रूपमा छ । अमिताभ फिरन्तेका रूपमा देखिन्छन् र श्रीदेवीलाई भेटेर च्याट गर्छन् । Source:ekantipurतपाईं के भन्नु हुन्छ ? कृपया प्रतिक्रिया लेख्दा सभ्य भाषामा लेख्नुहोला । कुनै समाचार या सन्देश भएमा अथवा लेख रचना प्रकाशन गर्नु परेमा bholathapa7@gmail.com