काठमाडौ, श्रावण १२ - सेन्चुरी फिल्मस्को ब्यानरमा निर्मल सेन्चुरीले बनाउन लागेको फिल्म 'पुरानो हुँदैन माया'को मुहूर्तसँगै सुटिङ सुरु भएको छ । दीपक श्रेष्ठको निर्देशन रहने फिल्मको सोमबार अनामनगरस्थित नूतन फिल्म स्टुडियोमा मुहूर्तलगत्तै छायांकन आरम्भ गरिएको हो । यसअघि कमलकृष्णको निर्देशनमा 'आई लभ यू टु' बनाउने घोषणा गरेका निर्माता निर्मलले उक्त प्रोजेक्टलाई रेखा फिल्मस्सँग सहकार्य गर्दै 'रावण' बनाउने भएपछि अर्का निर्देशकलाई लिएर लगत्तै 'पुरानो हुँदैन माया' घोषणा गरेका हुन् । काठमाडौंसहित पोखरा र दाङमा समेत छायांकन गर्ने बताइएको उक्त फिल्ममा शिव श्रेष्ठ, सिर्जना बस्नेत, सुमिना घिमिरे, जिया केसीसहित निर्माता स्वयंको मुख्य भूमिका रहनेछ । नवीन रावल र कोसिस क्षेत्रीको संगीत रहने शिवम् अधिकारीको लेखन रहेको 'पुरानो हुँदैन माया' मा कविराज गहतराज र शंकर बिसीले संयुक्त कोरियोग्राफी गर्नेछन् । फिल्म त्रिकोणात्मक प्रेमकथामा आधारित रहनेछ । साभारः इकान्तिपुरपुरानो हुँदैन माया सुरु ।
काठमाडौ, श्रावण १२ - सेन्चुरी फिल्मस्को ब्यानरमा निर्मल सेन्चुरीले बनाउन लागेको फिल्म 'पुरानो हुँदैन माया'को मुहूर्तसँगै सुटिङ सुरु भएको छ । दीपक श्रेष्ठको निर्देशन रहने फिल्मको सोमबार अनामनगरस्थित नूतन फिल्म स्टुडियोमा मुहूर्तलगत्तै छायांकन आरम्भ गरिएको हो । यसअघि कमलकृष्णको निर्देशनमा 'आई लभ यू टु' बनाउने घोषणा गरेका निर्माता निर्मलले उक्त प्रोजेक्टलाई रेखा फिल्मस्सँग सहकार्य गर्दै 'रावण' बनाउने भएपछि अर्का निर्देशकलाई लिएर लगत्तै 'पुरानो हुँदैन माया' घोषणा गरेका हुन् । काठमाडौंसहित पोखरा र दाङमा समेत छायांकन गर्ने बताइएको उक्त फिल्ममा शिव श्रेष्ठ, सिर्जना बस्नेत, सुमिना घिमिरे, जिया केसीसहित निर्माता स्वयंको मुख्य भूमिका रहनेछ । नवीन रावल र कोसिस क्षेत्रीको संगीत रहने शिवम् अधिकारीको लेखन रहेको 'पुरानो हुँदैन माया' मा कविराज गहतराज र शंकर बिसीले संयुक्त कोरियोग्राफी गर्नेछन् । फिल्म त्रिकोणात्मक प्रेमकथामा आधारित रहनेछ । साभारः इकान्तिपुरतपाईं के भन्नु हुन्छ ? कृपया प्रतिक्रिया लेख्दा सभ्य भाषामा लेख्नुहोला । कुनै समाचार या सन्देश भएमा अथवा लेख रचना प्रकाशन गर्नु परेमा bholathapa7@gmail.com