
री नायव उपरिक्षक गौतमराज कट्टलले आइतबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराउनु भएको छ । घटनामा संलग्न गोरखा फिनाम गाबिस-७ बस्ने २७ बषिर्य पवन बि.क. र मकवानपुर हाँडीखोला गाबिस-८ बस्ने २१ बषिर्य जोकर पाख्रिनलाई जिल्ला प्रहरीले प्रकाउ गरी सक्केको र बाँकी ९ जना फरार रहेको जिल्ला प्रहरी कार्यलय तनहुँले बताएको छ ।त्यस्तै, यहि साउन १३ गते जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको राजमार्ग चेकजाँच टोलीले तनहुँको व्यास नगरपालिका १० को पृथ्वीराजमार्गमा ग१च ६४६१ नम्बरको निजी कारमा लुकाई छिपाई पोखरा तर्फलादै गरेको १ लिटर लागु औषध फेन्सिडिल सहित ४ जना युवाहरुलाई पक्राउ गरेको छ।पक्राउ पर्नेहरुमा कास्की, पोखरा-१० बस्ने वर्ष२९ का प्रेम बहादुर तामाङ्ग, पोखरा १६ बस्ने वर्ष१७ का सफल गुरुङ्ग, पोखरा १० बस्ने वर्ष२० का ज्याकी गुरुङ्ग र तनहुँ दुलेगौंडा-७ बस्ने २४ वर्षा किसान बहादुर राना पक्राउ गरी आज अबैध लागु औषध मुद्दा चलाइएको र जिल्ला अदालत तनहुँबाट अनुशन्धान र कारवाही अगाडी बढाउन पाँच दिनको म्याद दिएको जिल्ला प्रहरी कार्यालय तनहुँले बताएको छ ।
हाम्रो तनहुँ