
सोही समाचारमा ब्रिटिस राजदूत विलियम पटेको हवाल दिंदै सुरक्षामा खटिएका नेपाली पूर्व गोर्खा सैनिकहरु घाइते भएको एएफपीले जनाएको उल्लेख गरिएको छ । कसैको हतहाति नभएको उल्लेख गरिएपनि काउन्सिलको सुरक्षामा कति नेपाली पूर्व गोर्खा सामेल थिए र कति जना घाइते भएका छन् भन्ने बिस्तृत जानकारी आएको छैन । source: ekantipur