
सिमित बजारमा एकैदिन धेरै चलचित्र रिलिज हुँदा त्यसले व्यापारमा असर पक्कै गर्दछ । यसै त चलचित्रले रामो व्यापार गर्न सकिरहेको छैन त्यसैमाथी यसरी तीन सुपर स्टारका चलचित्र एकआपसमा भिड्दा यसको असर निर्माता तथा कलाकारलाई मात्र हैन सिंगो चलचित्र उधोगलाई नै पर्दछ । यसरी चलचित्र नजुध्नुको विकल्प पनि छैन । किनकी बर्षेनी दर्जनौं चलचित्र बनिरहेका हुन्छ र हप्तै पिच्छे २ भन्दा बढि चलचित्र रिलिज हुन बाध्य छन् ।
शुक्रबार सार्वजनिक हुन लागेका तीन चलचित्र 'हात लाग्यो शून्य', 'सन्देश' र 'के यो माया हो' ले आ-आफ्नै बिशेषता बोकेका छन् । युवानिर्देशक बिजय बिक्रम बस्नेत निर्देशित चलचित्र 'हात लाग्यो शून्य' राजेश हमालको नयाँ गेटअपले निकै चर्चामा छ । नेपाली चलचित्र क्षेत्रका महानायक मानिने हमालको यो चलचित्रले दर्शकलाई हलसम्म तान्न सक्नेमा चलचित्रकर्मी बिश्वस्त छन् । यो चलचित्र पूर्ण रूपमा हाँस्य प्रधान रहेको निर्देशक बस्नेतको भनाई छ । बिश्व नेपालले निर्माण गरेको यस चलचित्रमा हमालको साथमा कल्पना शाही, किरण केसी, शुशिल पोखरेल, गोपाल ढकाल छन्दे लगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्र हात लाग्यो शून्य' मोफसलका हलहरूमा मात्र लाग्ने छ ।


अभिनेत्री र रामजी नेपालीले कथामा अवार्ड हात पारेका थिए ।
