महायज्ञ सफल पार्न दामनपालुङका सबै विद्यालयहरुमा विदा घोषणा बन्दना पौडेल मकवानपुर, २ असोज मकवानपुरको दानपालुङमा रहेको पालुङ बहुमुखी क्याम्पसको संकाय थप
स्तरोन्नति तथा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि आइतबारबाट शुरु भएको श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञमा सोमबारसम्म २२ लाख रुपैया संकलन भएको छ ।महायज्ञमा सोमबार नै १७ लाख संकलन भएको महायज्ञ मूल समारोह समितिको सचिबालयले जनाएको छ । सोमबार आर्थिक विकास सहयोग समिति दामनपालुङले ७
लाख ७७ हजार ७ सय ७७ रुपैया दानको घोषणा गरेको छ ।त्यसैगरी महायज्ञ मूल समारोह समितिका अध्यक्ष सानोभाइ कार्कीले १ लाख १ हजार १ सय ११ रुपैया घोषणा गरेका छन् । त्यस्तै महायज्ञ मूल समारोह समितिका उपाध्यक्ष विष्णुप्रसाद ढकालले ७५ हजार १ सय दान गरेका छन् । महायज्ञमा जनकल्याण उच्च माविका अध्यक्ष ज्योति रायमाझीले ७५ हजार रुपैया घोषणा गरेका छन् । पालुङ बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष इश्वरनाथ पौडेलले ५५ हजार ५ सय ५५ रुपैया दान सहयोग गरेका छन् ।
दान र पुण्यको आधार, शिक्षाका लागि पूर्वाधार भन्ने मूल नाराका साथ शुरुभएको सप्ताह ज्ञान महायज्ञमा दान गर्नेहरुको लहर चलेको मूल समारोह समितिका कोषाध्यक्ष घनश्याम अमात्यले बताए । दामनपालुङका वडाहरुबाट संकलन गरी वडा समितिमार्फत् ल्याउने कार्य पनि जारी रहेको उनले बताए ।सोमबार ठूलो रकम दान गर्ने सानोभाइ कार्की, विष्णृप्रसाद ढकाल, ज्योति रायमाझी र इश्वरनाथ पौडेललाई मोटरसाइकल ¥याली गरी पाण्डुकेश्वर मन्दिर परिक्रमा गराई सम्मान गरिएको थियो । ५० हजार रुपैया भन्दा बढी दान
गर्नेलाई मोटरसाइकल ¥यालीका साथ पाण्डुकेश्वर मन्दिर परिक्रमा गराउने युवा परिचालन समितिका संयोजक राजाराम कार्कीले जानकारी दिए । क्याम्पसका लागि महायज्ञमा १ लाख १ हजार १ सय ११ रुपैया दानसहयोगको घोषणा गरेपछि मूल समारोह समितिका अध्यक्ष सानोभाइ कार्कीले रेडियो पालुङलाई
प्रतिक्रिया दिँदै दामनपालुङ लाई नमुना शैक्षिक ग्राम बनाउने समग्र उद्धेश्यसमेतपूरा गर्न आफूलाई दानको अवसर मिलेको बताए । उनी जनकल्याण उच्च माविका प्राचार्य, हिमालयन इंगलिस बोडिङ स्कूलको संस्थापक र पालुङ बहुउद्धेश्यीय सहकारी संस्थाका उपाध्यक्ष पनि हुन् । त्यसै गरी उपाध्यक्ष विष्णुप्रसाद ढकालले उद्योगपति, पूजीपतिहरुमा थप उत्साह जागोस भन्ने हेतुले दान गरेको बताए । आर्थिक विकास समितिको घोषणापछि उहाँले महायज्ञमा ७५ हजार सहयोगको घोषणाा गरेका थिए । ढकाल नेकपा
एमाले २ नं. क्षेत्रीय अध्यक्ष र पालुङ गाविसको निवर्तमान निर्वाचित उपाध्यक्ष हुन् ।त्यस्तै ज्योति रायमाझी एकीकृत माओवादी मकवानपुर ४ नं. क्षेत्रीय इन्चार्ज हुन् । पालुङ क्याम्पसका अध्यक्ष इश्वरनाथ पौडेल नेपाली काँग्रैसका क्षेत्रीय