Responsive Ad Slot

latest

विक को हत्यामा संलग्न थप १ पक्राउ

Wednesday, September 21

/ by Admin BHOLA THAPA
नारायण सापकोटा , चितबन आश्बिन ४ विराज विक को हत्यामा संलग्न भएको आशंकमा प्रहरिले पार्वतीपुर–८ बाट गएराती चितवन प्रहरिले राजन सापकोटालाई पक्राउ गरेको छ । यसअघि पनि प्रहरिले विकको हत्यामा संलग्न रहेको भन्दै ३ जनालाई पक्राउ गरेको थियो । गत असोज १ गते घरमा टिभी हेरेर बसिरहेको अवस्थामा विराज विक लाई हतियार सहित आएको एक समुहले खुकुरि प्रहार गरि हत्या गरेको थियो । त्यस्तै गएराती नै चेकजाँच गर्ने क्रममा भण्डारा प्रहरिले १२५ थान घरेलु हतियार बरामद गरेको छ । उता चेक जाँचकै क्रममा आँपटारिमा जिल्ला प्रहरि कार्यालयको एक टोलीले गएराति नै लागु औषध सहित झापा बाहुनडाँगि–१ बस्ने ४० वर्षिय ठाकुरसिंह कार्कीलाई पक्राउ गरेको छ । अभियुक्तको साथबाट प्रहरिले १९६ पिस डाईजिपाम र सोहि परिमाणमा नफिन बरामद गरेको जिल्ला प्रहरि कार्यालय चितवनले जनाएको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI