Responsive Ad Slot

latest

सन्ध्या ग्रुपमा पहिलो वाचन श्रंखला

Sunday, September 11

/ by Admin BHOLA THAPA
दोहा– समाज विकासमा प्रवासीको योगदान भन्ने मूल नाराका साथ सन्ध्याग्रुप अलखोरको साहित्य विभाग अन्तर्गतको मुग्लानी सौगात द्धैमासिक पत्रिकाले पनि साहित्य वाचन श्रंखला कार्यक्रमको थालनी गरेको छ ।
अलखोर स्थित आफ्नै क्याम्पमा रहेका हलमा गत विहीवार प्रथम साहित्यिक वाचन श्रंखला कार्यक्रम विभिन्न साहित्यकारहरुको उपस्थितिमा सम्पन्न गरियो । सन्ध्याग्रुप अलखोरका अध्यक्ष थर्चा लामाको सभापतित्वमा सम्पन्न सो वाचन श्रंखलामा प्रमुख अतिथि नवोदित मोवाइल पुस्तकालयका प्रथम उपाध्यक्ष तिर्थ संगम राई, विषेश अतिथि ब्यंग्यकार तथा साहित्यकार चर्चित ढुंगेल र अतिथिहरुमा सन्ध्याग्रुपका निवर्तमान अध्यक्ष विरेन्द्र कुमार याक्थुङ्गवा, महासचिव चन्द्र थापा, ब्यवस्थापक राजेन्द्र खनाल, गजलकार गोविन्द भावुक, राम प्रसाद ढुंगेल, राजेश्वर ढकाल, भोला थापा क्षेत्री, सागर अजनवी, मोहन वराइली, नविन लामा, दिलीप अविरल लगायत थिए । सो अवसरमा साहित्यकारहरुले आ–आºना रचना वाचन गरेका थिए भने रेगिस्तानी कवि तिर्थ संगम राईले कविता लेखनवारे जानकारी दिए । कविता समाज र पाठकले सजिलै वुझिनै सरल भाषामा हुनुपर्ने उनले वताए ।
सो अवसरमा दोहादेखि टाढा अलखोरमा रहेर साहित्य सृजनामा लागेका साहित्यकारहरुका साथै दोहावाट नवोदित मोवाइल पुस्तकालयका साहित्यकाहरुको उल्लेख्य सहभागिता रहेको थियो । सन्ध्याग्रुपले महिनाको पहिलो साता विहिवार हरेक साँझ वाचन श्रंखलालाई निरन्तरता दिने भएको छ । कार्यक्रम संचालन साहित्यकार दिलीप अविरलले गरेका थिए ।
Don't Miss
© all rights reserved
made with by netKUTI