Responsive Ad Slot

latest

तलव वृद्धिको माग राख्दै र्याली

Tuesday, September 20

/ by Admin BHOLA THAPA
नारयण सापकोटा तनहुँ, आश्विन ३ - जिल्ला स्तरिय प्रारम्भिक वालवालिकाहरुका सहजकर्ता सञ्जालले मंगलवार दमौलीमा प्राथमिक विद्यालयका शिक्षक सरह तलव वृद्धि गरिनु पर्ने माग गरेको छ । मासिक १ हजार ८ सय रुपैयाँ तलव पाई रहेको आफुहरुले पटक पटक तलव वृद्धिको माग गरेपनि राज्यले वेवास्ता गरेको सञ्जालकी जिल्ला अध्यक्ष चन्द्रकला वाग्लेले वताईन् । उनले विगत ३ वर्षदेखि खाई पाई आएको १ हजार ८ यस रुपैंयाँ तलवमा राज्यले एक पैसा पनि नवढाएकोले आन्दोलनको विकल्प नभएको वताईन् । ‘हामीले पटक पटक रकम वृद्धि हुनुपर्ने माग गर्दै आएका छौं,’ उनले भनिन्, ‘तर राज्यले हाम्रो कुराको पुरै उपेक्ष गरेको छ ।’ उनले प्राथमिक विद्यालयका शिक्षक सरह तलव वृद्धि नभईन्जेल थप आन्दोलन गर्दै जाने सञ्जालले छिट्टै निर्णय गर्ने वताईन् । तलव वृद्धिको माग राख्दै उनीहरुले दमौलीको अनसन चौतारीवाट र्याली निकालेका थिए । र्यालीले वाणिज्य वैंक चोक, मुख्य सडक, ट्राफिक चोक, कालिका मार्ग, सफा सडक परिक्रमा गरी पुन अनसन चौतारीमा पुगेर कोण सभामा परिणत भएको थियो । सञ्जालकी उपाध्यक्ष पूर्णकला अधिकारी, सदस्यहरु राधिका विक र देववहादुर थापा लगायतले तलव वृद्धि नगरेर राज्यले आफुहरुको उपेक्षा गरेको वताएका थिए । कोण सभामा सयौं सहयोग कार्यकर्ता सहभागी थिए
Don't Miss
© all rights reserved
made with by netKUTI