Responsive Ad Slot

latest

तनहुँको पुर्कोटमा ट्रयाक्टर र्दुघटना १ जनाको मृत्यु,२ र्घाईते

Sunday, October 30

/ by Admin BHOLA THAPA
पवन पौडेल
तनहुँ कात्तिक १३ - तनहुँको पुर्कोट गाविस वडा नं १ चितीखोलामा आज विहान भएकेा ट्रयाक्टर र्दुघटनामा परी १ जनाको मृत्यु भएको छ । र्दुघटनामा परी २ जना र्घाईते भएका छन् । लमजुङको बेशिसहरबाट तनहुँको डुम्रेतर्फआउँदै गरेको अनटेस्ट ट्रयाक्टर चितीखोलास्थित सडकबाट ५० फिट तल खोलामा खस्दा ट्रयाक्टर मालिक तथा चालक लमजुङ सातविसे ६ निवासी अन्दाजी ४० बर्षा राजेन्द्र कंडेलको ज्यान गएको हो ।

र्दुघटनामा परी र्घाईते हुनेमा ट्रयाक्टरका सहचालक लमजुङ सातबिसेकै २१ बर्षा लाल बहादुर विक र यात्री बारा निवासी २८ बर्षा राजकिशोर पटेल रहेकेा पुर्कोट प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक चेत बहादुर नेपालीले जानकारी दिनुभयो । घाइते दुवैजनाको स्थानिय स्वास्थ्य संस्थामा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI