![]() | ||
दुई बर्ष अगाडी कुराले आँज मलाइ फेरी झंस्काई दियो कता कता मन दुखेर आयो किन हो किन एकान्तमा हरा यर प्रकृति संग बस्न मन लाग्यो यो मनमा कसै प्रति धेरै माँया जागेर किन आउँछ त्यही माँया दिने मन माँया मानै छल भयो भने राप बलि चट्टान परे जस्तो किन हुन्छ हो यो माँया भन्ने चिजले मानिशलाई आदिहुरीमा भुमारि मार्दै समुन्द्रको छालमा पुराउछ त पथ्थरमा ठोकी चट्टान बनाइ दिन्छ हो यस्तै गरि मलाइ उहि पुरानो यादले फेरी अर्को कहानी दोराएको छ मेरो कलेज पढ्दाको साथी थियो हामी संगै कलेज आउने जाने गर्थेउ हामी दुइमा भावानाको नाता थियो सोचेको थिन उस्ले प्रेम प्रस्ताब गर्छ भनेर उस्ले प्रेमको हात बढाए पछी म केही बोल्न सकिन मैले सोचेको पनि थिन उस्ले माँया गर्छ भनि उस्लाइ एउटा असल साथी संझेको थिए म मौन रहे उ भाबुक भएर कालि तिम्ले मलाइ मेरो जवाफको उत्तर दिनौनी कहि म गलत त भइन।रोहित तिमी असल छौ एक साथीमा हुनु पर्ने गूण तिमीमा पायकी छू र तिमी भनेको उच्च इस्तर को मान्छे तिम्रो र मेरो उच्चर हेर्नु पर्दा म तिम्रो इस्तरको मान्छे होइन र म यो पनि चाहान्न मेरो कारण तिम्रो घर परिवारमा कुनै आचँ आउन तिमी सुखी परिवारमा हुर्केको मान्छे म सानो तिनो काम ले गुजरा चलाउछु सन्जू यो तिमीले के भनेकी धन सम्पतीमा एस आराम पाइन्छ तर मन्ले चाहेको मान्छेत पाइदैननी मेरो चाँहानाहो तिमी मलाइ थाहाँ छ सन्जु यदि तिमीलाई पाइन भने म अरु सँग मन मुटु साट्ने छैन तिमी संग पहिलानै भन्न चाहेको थिए त ममा आट आयको थिएन फेरी मैले प्रतिक्षा गर्न सकिन हो काली म तिमीलाइ आफु भन्दा पनी धेरै माँया गर्छू रोहितको माँयाले मलाइ गलायो म उस्को माँयामा डुब्न थाले रोहीत बाहेक अरु केही सोच्न सकिन हाम्रो प्रेम समयको गति संगै अगी बड्दै गयो एक आपसमा नछूटिने बाचाँ कसम खायौ यसरिनै बर्षौ बिती सकेको थियो अचनाक एक दिन मेरो मुटु झस्कियो बिहानी पख पानी परि राखेको थियो निलो गगनको बिरुप पारी आकाश गर्जीदै बिजुलीले आफ्नो गति छोड्दै थियोगाउँ बस्तिनै बगाएर लैजान्छ कि जस्तो भयो रुख बिरुवा एक आपसमा ठोकी ढल्न थाल्यो कता कता मनमा डर लाग्न थाल्यो आँज यस्तो के हुन लागेको रोहीत पनी काठ्मान्डौ जानी भनेको थियो भेट नभएको पनि धेरै दिन भैसक्यो आजै यस्तो दिन हुन परेको रोहित लाइ के भए छ भेट नहुदा म्यासेज पठाउने र्गथ्यो आज भोली रोहीत लाइ पनि केभाछ कुन्नी मैले म्यासेज गर्दा पनि जवाफ आउदैन यो माँया भन्ने चिज पनि कस्तो हो रिगी रैछ मुटु खाने मनमा अनेक थरि कुरा सोच्दै बसे पानी पनि झन झण बर्षीदै आयो टाडाँ बाट कोहि आए जस्तो लाग्यो उ मेरो नजिक आइ पुग्यो उ त मेरो रिहीत पो रहेछ म उस्लाई केही सोध्न सकिन उस्को अंगालोमा बाधिएर रुन थाले रोहित तिमी काहाँ थियौ यतिका दिन सम्म केहित बोलन किन चुपचाप रहन्छौ तिमी ठिकै छौनी म उस्को हातमा चुम्दै ओठँमा माँयाको स्पर्स दिदै आफ्नो अँगालोमा बाधे उ चुप चाप एक सिला जस्तै उभी रयो रोहीत तिमीलाई मेरो याद आएन तर रोहित यस्तो पानीमा हचनाक आखिर मेरो माँया ले डोराएर ल्यायोनी मलाइ आफ्नो अंगालो बाट हटाइ सन्जु तिमी संग जरुरि कुरा गर्नु थियो रोहित के जरुरी कुराहो भनन मलाइ सुन्न आतुर भैइ सक्यो उ केही नबोली बिहेको कार्ड मेरो हातमा राखी दियो रोहीत यो कस्को बिहेको कार्ड हो ससन्जु यो बिहेको कार्ड अरु कसैको होइन मेरो हो मलाइ माफ गरिदेउ म तिमीलाई साथ दिन सकीन यति भनेर उ फर्केर गयो पहाड बाट खसेको ढूङगाँ मेरो छातीमा बज्झारिए जस्तो भयो आजको पानी र आकाशमा गर्जेको बिजुली मेरो मुटुमा चट्टान परे जस्तो भयो आजको आदि बेरी मेरो खूशि तहस नहस पार्न आयको रहेछ उस्ले मलाइ दुई दिनको जिउने माँया दिएर एक पलमै मृत्यू को सिरानी बनाई दियो मलाई आँशु दि उ खुशिको संसार बसाउ पुग्यो थाह भएन उस्ले किन धोका दियो प्रेम सुरुवात उसैले गर्यो अन्त् पनि उसैले उस्ले माँया मारे पनि मैलेत माँया मार्न सकिन त्यो दिन आकाश बाट झरेको पानी थियो या मेरो आखाँ बाट बर्षेको आँशू जिउदैजिन्दगीको घाटमा पुरायो योवनको प्यास मेट्न एक मसिहा बनायो धेरै रोए धेरै कराए मेरो चित्कार गहिरो तालमा परे छ र्निमोहीले किन पो सुन्थ्योर मृत्यु को सिरानी राखेर जिउनु परे छ मलाइ आफ्नै घर आगँन ले चिथोरन थाल्यो हिड्ने बाटोमा काडाँ ले कोप्न थाल्यो जहाँ जाउँ उसैको याद आउँ छ आफ्नो छाँया देखी भाग्न मन लाग्यो भन्ज्याङमा फुलेका लाकुरीले मलाइ बिजाउन थाल्यो बैगुनीले मन भरी चोट भरि दियो देखावोटी माँयाले जिउदै जलेको लास सरि बनायो उत अमेरिका को डर्लरमा रमाउन थालेको छ मनमा चोटको खाटो बोकि जिन्दगी यस्तै रहेछ आफ्नो मन आफै समाली छोटो जिन्दगीको लामो आस बोकि आफ्नो मात्री भूमी छोडी अरब खाडीमा आए के थाहा थियो र जिन्दगीले अर्को मोड मोड्छ प्रदेश को ठाउँ तेस्तै हो याहाँ को रहन सहनमा घुल मेल हुनूनै पर्ने महिना दिन हुदै बर्षौ बिती सकेको हुन्थ्यो रोहित को यादले पिछा छोडेको थिएन फेरि पनी जिउनुनै पर्ने अतित लाई संझदै थिए मोबाईल को घन्टी बज्यो मैले रिसीब गर्न चाहीन बार बार कल आउन थाल्यो कल रिसीब भयो अन्जान ब्याक्ती थियो सरि रगँ नम्बर लागेछ उ एक दिन दुइ दिन हुदा हुदै उ नजिक हुन खोज्थ्यो मलाइ भने झर्को लाग्थ्यो उ दिन प्रति दिन फोन म्यासेज बड्न थाल्यो उ संझाउने बाहानामा नजिक हुन चाहान्थ्यो मलाइ भने रोहितको चाल बाजीले डरको भयँकर घर बनाएको थियो एता भने अभिनाश ले सहन सिल्तानै सफलको बाटो हो भनि जिन्दगी को अर्थ सिकाउने र्गथ्यो उ नजिक हुन चाहाँन्थ्यो सन्जू के म तिम्रो दू:ख सुखको साथी बन्न सक्दिन र हिजो के थियो त्यो र्बिर्सीयर कुनै नयाँ जिन्दगी सुरु गरे हुदैनर जिन्दगी को कल्पना गरत त्याहाँ सदै एउटै बाटो हिड्नु पर्दैन सन्जु तिम्रो बिषयमा जे जती जाने मलाई पनी दू:ख लाग्यो के तिमी सदै भरी तेही अतितलाई संझेर आफ्नो जिन्दगी को खूसी हरु छिन्छेउँ एक चोटी कोल्टो फेरेर हेरत त्याहाँ तिम्रो जिन्दगीको पूरा भाग छ हो सन्जु हिजोको अतितलाई र्बिर्सीएर आजको बर्तमान लाई हेर्नू पर्छ सन्जु समय संगै जिन्दगी ढल्कि जान्छ हुनत तिमी संग मेरो मन को कुरा गर्दा पक्कै पनी तितो लाग्ला तर पनी तिमी लाई मैले भन्नू पर्छ सन्जु म तिमीलाई जिन्दगीको सह यात्री संगै जिबन साथी बनाउन चाहाँन्छू बिगतलाई छोड्देउ बर्तमान लाई अँगाल्नु पर्छ अभिनाश मैले रोहितको माँयामा नै आफ्नो जिन्दगी अर्णपर्ण गरे कि छू उस्ले धोका दिएर के भोत उसँग बिताएका दुई पल को खुशि लाई मैले आफ्नो जिउने साहाँरा बनाएकी छू अभिनाश मलाई आफ्नै हालतमा छोडिदेउँ मैले अर्को चोटी भावानामा ठेश लाग्ने गल्ति गर्ने छैन सन्जु कति सम्म मुटु दुखाउने घाउँ बल्झाई रहन्छेउ फुलको बिरुवा सारे फुल फुल्छ काडाँ रोप्यौ भने मुटुमा बिज्छ अभिनाश अबत मलाई काडाँ माथी हिड्न र काडाँ बिच्छौना बानि परी सके को छु म संग प्रेमको कुरा नगर अभिनाश माँया को सब्दले मुटुमा बिजाउँ छ सन्जु एस्तो कुरा नगर म तिमी बिना बाच्न सक्दिन तिमीले मेरो माँया लाई इन्कार गर्यो भने भोलि तिमीले अभिनाश लाई खोजेर भेटाउने छैनौ मलाई तिम्रो माँयाको खाचो छ मेरो जिन्दगी को रफ्तार तिमी सँगै जोडेको छु मेरो जिन्दगी तिम्रो हातमा छ मलाई जिन्दगी दिन पनी सक्छौ मृत्यु पनी कस्तो बिडम्बना मैले केही बुझ्न सकीन अभिनाशको पागल पनले मलाई सताउन थाल्यो मनै त हो नी मरुभूमिको प्रकृती सँग फुल्न थाले छू दिन प्रति दिन कुरा कानी को बिचमा हाम्रो सम्बन्ध अगाडी बड्दै गयो टेलीफोनमै माँयाको स्पर्स लि चुम्बनको बर्षात बर्सिन थाल्यो बिबाहको सम्बन्ध लाई अगाडी बढाई टेलिफोनमै जिन्दगीको बाटो गुड्न थाल्यो मिठो मिठो स्वरमा अनेकौ नाम बद्लिन थाल्यो कहिले सानो राजा त सानो मान्छे कालु काले इनै माँयालु सब्द प्रेममा बद्लिन थाल्यो सायत यो पनि हुने माँया हो कि रुने माँया हो थाहाँ छैन एक दिन को कुरा प्रदेश को ठाउँ डिउटीमा अलि बि जि थिए उस्को फोन आए छ काम को ब्यास्था ले गर्दा फोन पनि रिसीब गर्ने फुर्सद भएन केही घन्टा पछि फोन रिसीब भयो उस्को आवजमा यति बियोग थियो काली तिमी काहाँ थियौ भन काली तिमी लाई मेरो याद आएन काली तिमी बिना एक पल पनि टाडाँ बस्न गारो हुन्छ मलाई उस।को काली सब्दले म झसंग भए फेरी उही पूरानो यादले सतायो म चुप चाप भए किन कि रोहीत ले पनि सदै काली कान्छी भनि बोलाउथ्यो माँयाले बोलाए को नाम कहीले काहि मुटु बिजाउदो रहे छ म उही पुरानो यादमा डुब्न थाले छाति र्ददराउन थाल्यो ओठ कापी आँखा बाट आँशु र्बसीयो थाहाँ नै पाईन कि अभिनाश टेलीफोन लाईनमा छ भनि अभिनाश ले बोलायो काली तिमी किन यसरि आफूलाई कम्जोर पार्छौ अभिनाश मनै हो दुख्दो रहे छ कालु सानो राजा अब यि जिन्दगी हजुरकै हो सन्जु तिम्रो बिस्वास नै मेरो जिन्दगी हो काली तिमीले मलाई बिस्वास गर म बाट धोका हुने छैन॥थाहाँ छैन जिन्दगी ले अझै कुन मोड मोड्ने हो पहिलो प्रेम ले आँशू दियो प्रदेशी कालुले अन्तिम घडी सम्म साथ दियला॥?
इनै तिता मिठा जिन्दगी को कथाले बिट मारे को बाटो फेरी फुकाई दिन्छअनि मुटु भित्र को घाउँ बल्झेर आउँ छ योत जिन्दगी को गित हो
समय संगै चल्ने मौसम को प्रित हो
जानकी जानु:
खैरेनिटार ८ तनहुँ
हाल कुवेत
jb_janu@yahoo.com