Responsive Ad Slot

latest

प्रधानमन्त्री भट्टराई र भारतीय समकक्षी सिंहबीच भेट

Friday, November 11

/ by Krishna Neupane
२५ कात्तिक, माल्दिभ्स । माल्दिभ्समा जारी सार्क शिरखर सम्मेलनमा सहभागी भइरहनुभएका प्रधानमन्त्री डा. बाबुराम भट्टराई र उहाँका भारतीय समकक्षी डा. मनमोहन सिंहबीच अड्डु एटोलमा भेटवार्ता भएको छ । भट्टराई र सिंहबीच भट्टराई बस्नुभएको अटोलस्थित सांगि्रला रिसोर्टमा आज बिहान भेटवार्ता भएको हो । भेटवार्तामा प्रधानमन्त्री भट्टराईको भारत भ्रमणका क्रममा भएको बिप्पालगायतका सहमति कार्यान्वयन, दोहोरो कर अन्त्य, नेपालमा दलहरुबीच भएको सातबुँदे सम्झौता, भुटानी शरणार्थीको स्वदेश फिर्तीका लागि भारतीय सहयोगलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । यसअघि सम्मेलनका दौरान प्रधानमन्त्री भट्टराईले माल्दिभ्सका राष्ट्रपति मोहम्मद नासिद, भुटानी प्रधानमन्त्री जिग्मे युसोर थिन्ले, पाकिस्तानी प्रधानन्त्री युसुफ राजा लिगानी, अफगानिस्तानका राष्ट्रपति हमिद कारजाई, र श्रीलंकाली राष्ट्रपति महेन्द्रा राजापाक्षेसँग भेटघाट गरी द्विपक्षीय हित र सम्बन्ध विस्तारका विषयमा छलफल गर्नुभएको थियो ।

Don't Miss
© all rights reserved
made with by netKUTI