Responsive Ad Slot

latest

मुस्ताङमा एक नावालीका बलात्कृत I

Monday, December 5

/ by Admin BHOLA THAPA

चन्द्रश्वर बस्ताकोटी,
मुस्ताङ १९, मसिर ।
लङैगिक हिंसा अन्त्यका लागि राजनीतिक र शैक्षिक चेतनाका कुरा गरिएको १६ दिने अभियान कै क्रममा मुस्ताङमा भने एक नावालीका बलात्कृत भएकी छिन ।

राजनीतिक परिवर्तनसँगै महिला हिंसामा उल्लेखनीय कमी आएको दाबी समेत गर्नेहरु यस्ता घटनाका बारेमा बोल्न समेत रुचाउदैनन । महिला हिंसाविरुद्धको १६ दिने अभियानका सन्दर्भमा मुस्ताङमा बिभिन्न कार्यक्रमको आयोजना गरि औपचारीकता दिए पनि सोही अबसरमा यस्ताघटना घटदा प्रहरी बाहेक वालिकाको पक्षमा बोल्ने कोही देखिदैनन् ।

जोमसोमको जगलमा दाउरा टिप्न पठाइएकी करिब १३ बर्षिय बालीकालाई करिब ३४ बर्षिय साङवो शेर्पाले बलात्कार गरेका हुन । शेर्पाकानुनी कारवाहीका लागि प्रहरी हिरासतमा छन भने काम गर्न ल्याइएकी बालीकाको जिल्ला अस्पताल मुस्ताङमा परिक्षण गरि गरिएको थियो ।

बालीकाको घर पोखरा तिर भएकाले उनलाई उतै पढाइदिने काम गर्न ल्याउनेले बताएकी छन । महिला तथा बालबालिका कार्यालय आडैको घरमा काम गदै गरेकी बालीकाले भने खर्च नभएर घर जान नसकेको बताएकी छन ।



Don't Miss
© all rights reserved
made with by netKUTI