कमल बिक्रम के .सी, पेरिस फ्रान्स - नयाँ एल्बम "एक कलाकार" लिएर छिटै नै नेपाली श्रोता माझ आउन लागेका गाएक विजय लामाले लामो समय पछि फ्रान्स, पेरिसबासी नेपालीहरुलाई संगीत मार्फत रमाइलो गर्ने मौका दिलाए।

पेरिसको जाडोमा विजय लामाको कन्सर्ट करिब पाँच घण्टा चले पनि पेरिसबासि नेपालीहरुलाई अझ नपुगेझैँ देखिन्थ्यो। उल्लेख्य दर्सकहरुको उपस्थिति रहेको उक्त सांगीतिक कार्यक्रम सोचे भन्दा पनि धेरै सफल भएको आयोजक नेपाली एकता समाजका पधादिकारीहरु बताए। युरोपको सांगीतिक यात्रामा निस्किएका विजय लामा फ्रान्स पछि बेल्जियम रसुइज़रल्याण्डमा कन्सर्ट गर्दै छन।