सानु थापा मगर
दोहा माघ २ गते ।
नेपाल प्रवासी मगर संघ दोहा कतारको आठौं कार्यसमितीद्धारा २०१२ जनवरी १३ तारीकमा केन्द्रिय समीतीका अध्यक्ष देव ब. रानामगरको सभापतीत्व तथा प्रमुख सल्लाहकार छत्र ब. घलेमगरको प्रमुख आतिथ्यमा महासचिव शरण थापा मगरको सञ्चालनमा दोहाको मुन्ताजा पार्कमा मगरहरुको महान चाड माघी पर्व २०६८ मनाइयो ।
कार्यक्रमको औपचारिकता संगै शुरु भएको उक्त कार्यक्रममा संस्थाका सचिव भिम तरामु मगर द्धारा उपस्थित सम्पुर्णमा स्वागत गर्नुका साथै कार्यक्रम बारे जानकारी दिनुभएको थियो । त्यसपछी जानकारीमुलक प्रश्नहरुको साथमा हाजिरी जवाफ प्रतियोगीता गरिएको थियो भने पुरस्कारहरु कार्यसमितीका पदाधिकारीहरुद्धारा प्रायोजन गर्नुभएको थियो । त्यसपछी माघी पर्वका खानपिन भएको थियो । ।
त्यस्तैगरी नेपाल प्रवासी मगर संघ दोहा कतारको केन्द्रिय समितीको सोही दिन बसेको नियमीत पहिलो पुर्ण बैठकले विभिन्न प्रस्तावहरुमाथी छलफल गरी विभिन्न निर्णयहरु गरेको थियो ।
त्यस्तैगरी सचिवालय समितीमा अध्यक्ष भिम तरामुमगर, प्रथम उपाध्यक्ष महेन्द्र थापामगर, द्धितीय उपाध्यक्ष शेर ब. रोकामगर, महासचिव शरण थापामगर, सचिव राम ब. पुनमगर, कोषाध्यक्ष लिलम्बर चिढीमगर, सह कोषाध्यक्ष रमेश आलेमगर सदस्य खगी पुनमगर र एक जना सदस्य रिक्त रहेको सचिवालय समिती गठन गरेको छ । त्यस्तैगरी वैकल्पिक सदस्यहरुमा दल ब. घर्तीमगर, छत्र ब. आलेमगर र ५ जना रिक्त रहेको समिती चयन गरेको छ ।