हरी कृष्ण न्यौपाने
(मंगफ)कुवेत,
कुवेतमा रहेका नेपाली बिच आफ्नो सफल प्रस्तुतिहरु दिएर गलाको माध्यमबाट सबैको मन जित्न सफल युबा गायक राजु लामालाई आज बिहान घेदुङ परिवार कुवेत र अन्य ब्यक्तित्वहरुद्वारा भब्य बिदाइ गरिएको छ।यसै बिच नेपाल तामाङ घेदुङ कुवेतद्वारा गत शुक्रबार आयोजित राजु लामा र स्थानिय कलाकारहरुको धमाकेदार प्रस्तुती सहितको “डुक सोनम ल्होछर २८४८” बिशेष कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैमा नेपाल तामाङ घेदुङ कुवेतले धन्यवाद सहित कृतज्ञता ज्ञापन गरेको छ।उक्त सांस्कृतिक कार्यक्रम अत्यान्तै धेरै कुवेतबासी नेपाली दर्शकहरुको उपस्थितीमा कडा सुरक्षा ब्यबस्थापनको साथमा भब्य रुपमा सम्पन्न भएको थियो।लामा गुरुहरुको पूजा आजा,बुद्दका मुर्ती तथा कार्यक्रम स्थलको सजावटले बौदको याद दिलाउने गरी कुवेतको मरुभुमीमा रहेका तामाङ समुदायहरुको भब्य तयारी र अती मेहनतका साथमा ठुलो जनमासका बिच सम्पन्न सोनाम ल्होछार बिशेष कार्यक्रमलाई चौतर्फी रुपमा सबैले प्रसंसा गरेका छन।नेपाल तामाङ घेदुङ, कुवेतका अध्यक्ष राम बहादुर लामा"घलान"ले पठाउनु भएको सबै सहयोगीहरुमा स-धन्यबादको साथको पत्र जस्ताको तस्तै:-लास्सो फ्याफुला...!!!
"नेपाल तामाङ घेदुङ, कुवेतले २७ जनवरी २०१२ शुक्रबारका दिन, आफ्नो तेश्रो प्रस्तुति स्वरुप आयोजना गरेको “डुक सोनम ल्होछर २८४८” सोंचेभन्दा धेरै राम्रो सफल भएको र जसलाई सफल पार्न प्रत्यक्ष वा परोक्ष रुपमा आर्थिक, भौतिक एवं बौद्दिक क्षेत्रबाट सहयोग पुर्याउनु हुने सम्पूर्ण महानुभावहरुलाई आयोजक नेपाल तामाङ घेदुङ, कुवेत र आफ्नो व्यक्तिगत तर्फबाट समेत हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु । साथै, कडा भन्दा कडा मेहनतका साथ अहोरात्र खटिनु हुने सम्पूर्ण कलाकार साथीहरु, पुष्प भाई डिजाईनरमा, यातायातमा देव, मनोज,प्रेम वाइबा र नबिन, आर्थिक सहयोगीहरु बिशेषगरी अमृता घिसिङ ज्यू, कलाकार राजु लामाको भिसा, खाना, बस्नको लागि सहयोग गर्नुहुने घेदुङ कुवेतका साँस्कृतिक बिभाग प्रमुख श्याम लामा ज्यू, सम्पूर्ण घेदुङ कुवेत परिवार, मार्केटिङबाट सहयोग गर्नुहुने साथीहरु, स्टेज ब्यानर सौजन्य गर्नुहुने कुमार नेपाली, पत्रकार साथीहरु, सेल रोटी, खाप्सी र घरेलु अचार बनाइ आफ्नो परम्परा झल्काइदिनु हुने बैनीहरु रत्न, संगिता, सानुमाया र सुन तामाङ्, आफ्नो परम्परा अनुसार बुद्धधर्मलाई निरन्तरता दिनुहुने लामा गुरुहरु, सम्पूर्ण स्वयंसेवक ज्यूहरु, बरिष्ट सल्लाहकार एवं सल्लाहाकार ज्यूहरु, कलाकारदेखी लिएर सम्पूर्ण घेदुङ प्रेमी महानुभाबहरु र हर समय सम्पर्कमा रहि आफ्नो अमुल्य समय घेदुङ कुवेतको बारेमा खर्चिनु हुने घेदुङ कुवेतका संस्थापक एवं बर्तमान सचिब तथा ल्होछार संयोजक अमृत लोप्चन ज्यू लगायत सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुलाई आ-आफ्नो ठाउँबाट सहयोग गरी कार्यक्रमलाई सफल बनाइ दिनु भएकोमा मुरी का मुरी धन्याबाद दिंदै भविष्यमा पनि तामाङ घेदुङ कुवेत प्रति यहाँहरुको सोंच यसरी नै सकारात्मक रहनेछ भन्ने म विश्वस्त छु ।"
थुजेछे,
राम बहादुर लामा ‘घलान’
अध्यक्ष
नेपाल तामाङ घेदुङ, कुवेत