काठमान्डौ पुस २८ गते ।

संबैधानिक समितिमा प्रमुख दलहरुका ठूला नेताहरु आउनेक्रम पातलो बन्दै गएको प्रति अन्य दलका नेताहरुले बैठकमा आलोचना गरेका थिए । शीर्ष नेताहरुको अनुपस्थितिका कारण आजको बैठक पनि औपचारिकतामा सीमिति हुने संभावना बढेको छ । राज्यको शासकीय स्वरुपमा दलहरुविच विवाद भएपछि स्थगित भएको संवंैधानिक समितिको बैठक आजको लागि बोलाइएको थियो । उपसमितले सहमति जुटाइसकेका विषयमा माओबादी बैद्य पक्षले असहमति जनाएपछि संवैधानिक समितिले पछिल्ला दिनहरुमा कुनै निर्णय गर्न सकेको छैन ।
दलहरुकाबीचमा विबाद हुदा आगामी १५ गते भित्रमा उपसमितिले सहमति जुटाएका विषय अनुमोदनगर्ने संवैधानिक समितिले बनाएको कार्यसूचि प्रभावित हुन सक्ने आशंका बढ्दो छ ।