आज पनि जाडो उत्तिकै बढेको छ सितका लहर अनि हिमाल बाट बर्षेका हिउ झ्यालमा झुन्डाईएका पर्दा हटाई सिसा बाट बाहिर नियाल्न मन लाग्यो कति अनुप छ मोति लहराए जस्तो हिउका लहर आहाँ’’ फुल फुलमा आफ्नो चमक दिदै फुलको थुङ्गामा चुमेको बहाना गर्दै बर्षेका छन डाँली डाँलीमा’’ मलाई पनि नियाल्न मन लाग्यो त्यो दृस्य कस्तो हो । यो मौसम पनी आफैलाई अंगाले जस्तै यो चिसो चिसो सिरेठोमा कता कता उनिको न्यानो काखको न्यानो आभास आए जस्तो चियाको चुस्किको झन कति मजा हिमाल पट्टि अन्जान बनि घोरिएका मेरा नयन झुकाउनै अति गारो’’।। गुड मर्निङग निमा।। आम्मै ओईईईई निता कस्तो झस्किए सन्चै छेस निता ? अँ सन्चै भन्न पर्यो तैले पो याद गर्दिन्नस वस तँलाई त बिहानिमा चोरि चोरि बाहिरको द्रिस्य हेर्ने बहानामा कसैलाई चिहाई राख्दा बिहान जान्छ त मेरो याद किन आउथ्यो ? के कुरा गरेकी निता म तिमीलाईनै याद गरेकी थिए थाहाँ छ होलानी आज गुम्बा जाने हो भनेर अँ साँचि यता हेर त तिम्लाई र मलाई बख्खु ल्याएकिछु ? ओ हो निमा साचिनै राम्रो रहेछ मलाई भन्दा बरु निमालाईपो राम्रो देखिन्छ अनि च्याम्बाको आँखा तिमी तिरै हुन्छ कि कसो हो हि हि हि हाँसो गरेको निमा अनि च्याम्बा पनि जाने होलानी हैन त ? उ नजाने हो भने रमाईलो नै हुदैन नि ? ल ल उस्लाई पाए पछित म किन चाहिन्थ्यो र तर केहि छैन बाटो सम्म साथी बनि दिउला अनि म चाहि कान्छी भाउजुकोमा छ्याङ खान पो जान्छु जाडोमा ज्यान तात्छ ।यो निता छ्याङ भने पछि त हुरुकै हुन्छे ओ निमा तिमीलाई ढिला भई सक्यो जाउ ल भरै डाँडाको थानमा भेटौला” हुन्छ निता चाडो आउनु ल ढिलो भयो भने आप्पा ले मार्छ ल ल ? ल्यास्सो च्याम्बा ! ल्यस्सो निमा बिहान छिटो आउ भनेको कस्तो अबेर गरेकी आज त कति राम्री देखीएकी यता हेर त किन लजाएकी मोरी हिड जाउ गुम्बा तिर उतै बसेर कुरा गरौला । हुन्छ च्याम्बा हामी कतिन्जेल सम्म लुकि छिपि भेट्ने आप्पा संग तिम्रो र मेरो बिहेको कुरा गरे हुदैन । निमा म छु चिन्ता नगर न मलाई डर लाग्छ च्याम्बा निता भन्दै थि मेरो घर पल्तिरको दोर्जे संग मेरो बिहे गरिदिने भनेर । निमा हाम्रो मिलन कसैले पनि छुटाउन सक्दैन ? च्याम्बा कतै हाम्रो प्रेममा तगारो लगाउने होकी ? निमा यस्तो कदापी हुन सक्दैन ओ हो निमा कुराको सिलसिलामा समय गएको थाहानै भएन हिउ धेरै पर्न थाल्यो घर जाने बाटो पनी देखिन छाड्यो अब के गर्ने निमा उ त्यहा पर हेर त सानो झुपडी देखियको छ त्यहि जाँउ हिउले कपडा शरिर चिसो भई सक्यो त्यहाँ पुगे पछि केहि व्यवस्था गरौला ? हुन्छ च्याम्बा जाउ घर जान पनि सकीदैन बाटो विच परियो । हिउ असाध्धै पर्न थाल्यो बातै बातमा भेडिगोठमा पुगे ओ हो च्याम्बा यहाँ त भेडिगोठपो रहेछ भेडा च्याँग्रा भए को ठाँउमा कसरि बस्ने ? निमा बाहिर हिउमा बस्न भन्दा त यहि भेडिगोठ ठिक छनि म तिम्रो साथमा छुनी तिमी मेरो साथमा छौ हैन र ? आँखा झुकाउदै हो हेरन दाउरा पनि रहेछ आँगो बालेर तापौ जाडो भएको छ हैन त”।हो हुनुत हिउको सिरेठोले गर्दा जाडो अतिनै थियो उनिले दाउरा थुपारी आँगो बाल्न थाले म उनिलाई हेरि रहे सिरेठोले गर्दा जिउ पनी कठाङरिएको थियो म उनिलाई हेरि रहे चिसोमा पनी मौनता छाँएको थियो’? निमाके हेरेकि त्यसरि आउन आगो छेउमा किन त्यति पर बसेकी’’ म लजाउदै लजाउदै उनि छेउमा पुगे मानिस पनी उहि हो आँगो छेउमा नौनी परे जस्तै हामी दुबै आगोको छेउमा न्यानो तापले तापीदै वाफिदै गफिदै गएका थियौ उनको नजर म तिर प्यारको नसामा डुबि रहेको थियो उनको हेराईको ईशाराले मलाई आफूतिर खिची रहेको थियो । मेरो आँखा लाजले झुक्यो खुट्टाको औउलाले भुईतिर नै कोतारी रहेको थियो । उनि बिस्तारै म पट्टि बढ्न थाले आगोको राप पनी बड्दै गएको थियो उन्को धड्कनले म पट्टिको आभास गराएको थियो आँखामा एक अनौठो प्यास दौडि रहेको थियो दुबैको धड्कन एक हुन थाल्यो म पनि उनको सामु नौनी झै पग्लिन थाले प्यारको नशा अनि एक अर्कामा स्पर्श बाढ्न थाल्यो औला औला छुदै ओठको स्पर्शले दुबैजना लाई मद्होश बनायो । आगोको ताप हिउको स्पर्श हिउको त कुरै छोडौ आँगो बाट निस्केको धुँवा पनि हामी दुईको प्यार देखी बादलको माथी माथी उड्न थाल्यो गोठमा बाधिएका भेडा च्याँग्रा अनौठो मान्दै एक आपसमा मुखामुख गर्न थाले हामी दुईको प्यार भने भमरा र फुलको जस्तै हुन थाल्यो रात चाँदनीलाई काखमा च्याप्दै निदाएको थियो हाम्रो भने अंग अंगमा नशा चढाएका थियो दुबै जनामा एक एक गरि शरिरको बस्त्र दुई बिच हट्दै गयो दुबैको अंग नशा नशाले झुम्दै आँगोको राप संगै ताप बड्न थाल्यो एकले अर्कोलाई अंगालोमा कस्दै प्यारको स्पर्श झरना र नदि जस्तो हुदै गयो हिउ पनि मस्तारिदै गयो चुलोमा राखिएको दाउरा रागिदै गयो हामी दुईको शरिर परालले ढाकिएको थियो थाँहा नै भएन प्यारको नशामा डुबे पछि अधेरी रातको पर्दा कति खेर हट्यो दुबै जना सिथिल अवस्थामा थियौ म उनको छातिमा लिप्त हुदै नसामा डुबेछु उनको र मेरो ताप स्पर्शमा भेडिगोठमा नै रात बितेछ बिहानी पख घाँमको किरणले झ्यालबाट चिहाई मस्त हेरि रहेको रहेछ परेली बिस्तारै उठ्यो आँखामा सुर्यको किरण पर्न साथ म झसंग भए आफ्नो बिग्रेको केश र छिरालिएको कपडा समाल्दै हतासिन थाले दाँया बाँया सुन सान थियो भेडा च्याग्रा पनी भेडि चरनमा हिडीसके छन हाम्रो प्यारको नशा भने तातै बाफ थियो म लाजले परेली झुकाई बसे च्याम्बाले पनि आफ्नो कपडा सम्माल्दै मेरो सामु आई हात समाउदै निधारमा चुमे हामी दुई भेडिगोठ बाट निस्क्यौ बाहिर मौसमको बहार फुल हरुमा रगं र सितको लहर छाएको थियो हाम्रो मिलन संगै बर्षेको हिउको लहर भने हावाँ हाँवामा उडिरहेका थिए हाम्रो पाईला भेडिगोठबाट केहि पर लम्कि सकेको थियो हाम्रो मिलनको न्यानो आभास गराउदै जनम जनमको बन्धन बाधिने निधो गर्यौ ? बिहानी पख पर्दा हटाई झ्यालको सिसा बाहिर हेर्दा केहि पर देखिने गुम्बा नजिकको भेडिगोठ हाम्रो मिलनको घर बन्यो ?
जानकी “जानु” मुग्लानी
मरुभुमिबाट