साउदी अरब,
फाल्गुन १ - ११ फेब्रुअरी एका बिहानै (मिर्मिरेमै) काभ्रे चण्डेनी वडा नं. ७ निवासी २७ बर्षिय चन्द्र बहादुर तामाङले साउदी अरबको दमाम स्थित सफर जेलमा आत्महत्या गरेका छन । जेलको ट्वाइलेटभित्र झुण्डिएको अवस्थामा चन्द्रको मृत लास भेटिएको थियो । स्थानिय साउदीको एक सानो ब्यवसायमा काम गर्दैगर्दा केरलाका सुपरभाइजरको शोषण, दमन र अत्याचार सहन नसकी साउदी मालिकसमक्ष उजुरी गर्न जांदा बाटैमा साउदी प्रहरीले पक्राउ गरेको जेलमा चन्द्रसंगै रहेका अन्य नेपालीहरूले बताएका छन ।
पक्राउ पर्नुको कारण चै उनीसंग साथमा इकामा (साउदी वर्क पर्मिट) नभएको बताइएको छ । रोजगारमा खेप्नु परेको उपरोक्त दुखका साथै चन्द्रको घरमा पनि ठूलै समस्या रहेका कारण निकै ठूलो मानसिक तनावमा रहेको र सम्भवतः सोही कारण नै उनले आत्महत्या गरेको अनुमान गरिएको छ ।
