विष्णु गौडेल,
नवलपरासी, फागुन ९ गते ।
कांग्रेस केन्द्रिय सदस्य एवंम् सभाषद गगन थापाले अब देशको नेतृत्व युवा पंक्तिले समाल्नुपर्ने बेला आईसकेको बताउनुभएको छ । पुराना नेताहरुको सुझाब सल्लाब लिएर उहाँहरुलाई सम्मान गदै अघि बढ्ने र अब देश बिकासको जिम्मा युवा बर्गले नै लिनुपर्ने थापाको भनाई थियो । नवपरासीको कावसोतीमा संचालन भएको नेपाली काग्रेसको प्रशिक्षण कार्यक्रममा सभासद थापाले युवा पुस्ताले मात्र नेपाललाई संक्रमणबाट मुक्त गर्न सक्ने बताउनुभयो । कांग्रेस एउटा चुनाब पराजित हुदैमा असफल नहुने दाबी गर्दै युवा नेता थापाले कांग्रेस बिना संबिधान र शान्ती निमार्ण असम्भव रहेको ठोकुवा गर्नुभयो ।