नेपाल प्रवासी जनजाति महासंघ सम्बद्ध मातृ संस्थाहरुको संयुक्त आयोजनामा ९ फेव्रुवरी २०१२ बिहिबार राजदूत मिश्रको विदाई गरिएको हो । दोहाको एसियाना रेष्टुरेण्टमा ४ वर्षको कार्यकाल पुरा गरी स्वदेश पर्कन लागेका नेपाली राजदुत मिश्रलाई विदाई कार्यक्रम रात्रिभोज सहित सम्पन्न भयो ।
नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारका महासचिव बिनेश तामाङ द्वारा सञ्चालीत तथा अध्यक्ष मान बहादुर सांवा लिम्बुको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रको प्रमुख अति डा. सुर्यनाथ मिश्र, बिषेश अतिथि महासंघका प्रमुख सल्लाहकार अमृत गुरुङ रहनु भएको थियो भने अतिथिहरुमा नेपाली नियोगका द्धितिय सचिव जय बहादुर राई, श्रम सहचारी ईन्द्रदेव पाण्डे, सहचारी केशवराज पन्थी, नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारका बिशेष सल्लाहकार श्री दिल किरण खजुम, नेपाल प्रवासी मगर संघ कतारका अध्यक्ष भिम तरामु मगर, किरात याक्थुङ चुम्लुङ कतारका अध्यक्ष लोकेन्द्र कुमार तुम्रोक, किरात राई यायोक्खा शाखा, कतारका अध्यक्ष चन्द्रशेर राई, तमू बौद्धसेवा समिति शाखा, कतारका अध्यक्ष बिमल गुरुङ, नेपाल प्रवासी तामाङ समाज कतारका सचिव शुसील तामाङ, थारु कल्याणकारिणी सभा कतार च्याप्टरका सभापति ई. विद्यानन्द चौधरी, नेपाल प्रवासी भुजेल सेवा समाजका अध्यक्ष टंक भुजेल, प्रवासी सुनुवार सेवा समाजका अध्यक्ष राम बहादुर सुनुवार, नेवा पुचः कतारका उपाध्यक्ष किशोर महर्जन र व्यवसायी भिम घलेको उपस्थिति थियो ।
विषेशतः कतारमा कार्यरत नेपाली श्रमिकहरुको हक, हित र अधिकार स्थापित गराउने कार्यमा मिश्रको मूमिका महात्वपूर्ण रहेको चर्चा भयो साथै कतारमा अलपत्र परेका पीडित नेपालीको उद्धारको लागि कतारमा स्थापित नेपाली संघ–संस्थासंगको समन्वय र हातेमालो गर्दै नेपाली नियोगको तर्फबाट श्रमिकका समस्याहरुको समाधानमा निर्बाह गर्नमा समेत मिश्रले खेलेको भूमिकाको चर्चा गरियो ।
विादाई कार्यक्रममा डा. मिश्रले आनो कार्यकाल सफल बनाउन आदिवासी जनजाति महासंघ कतार र महासंघमा आबद्ध भातृसंस्था लगायत दोहामा स्थापित संघसंस्था, बुद्धिजिवी, व्यवसायी, पत्रकार र श्रमजिवी श्रमीक सवैको सहयोग र सदभाव सबैबाट मिलेकोमा कृतज्ञता प्रकट गर्दै आफु नभए पनि नव नियुक्त राजदुत संग पनि आफुले सुरुवात गरेका कार्यलाई निरन्तरता दिनको लागि नियोगका कर्मचारी संग समन्वय र सहयोग गर्नको लागि सबैमा आग्रह गरे । अन्तमा महासंघ कतार अफैमा मर्यादित संस्था भएको र आफुलाई विदाई कार्यक्रमको आयोजना गरी अझ आफु देशमा फर्की सके पछि पनि जिम्मेवारी थपेको बोध गराई दिएकोमा महासंघ कतार र मात्रीसंस्थालाई धन्यबाद दिए ।
कार्यक्रमको समापनमा सभापति मान बहादुर सांवाले राजदुको कार्यकालमा श्रमीकको हक अधिकारको लागि ऐतिहासीक परिवर्तन गराउन सफल रहेको र महासंघ कतार सदैव राम्रा कार्यको लागि राजदूतावास संग समन्वय र सहकार्यमा साथ रहने प्रतिवद्धता राख्दै स्वदेश फिर्ती भए पछिका दिनमा अदिवासी जनजातिको मुल मुद्दालाई पनि सफल बनाउनको लागि पनि सहयोग गर्नको लागि आग्रह गर्दै आगामी दिनमा जुनसुकै भुमिकामा रहे पनि नेपाली समुदायको प्रगति र उन्नतिको लागि आफनो क्षेत्रबाट निरन्तर रुपमा लागि रहनको लागि आग्रहा गर्दै सफल जीवनको लागि हार्दिक शुभ–कामना व्यक्त गरे ।