काठमान्डौ फागुन ११ गते ।
मुख्यालयले अघि सारेको समायोजन प्रस्तावको प्रतिपक्षी दलहरुबाट विरोध भइरहेका बेला नेपाली सेनाले पृतनापतिहरुको भेला डाकेको छ ।

यस्तै भेलामा जंगी अड्डाले अघि सारेको समायोजन प्रस्ताव र त्यसबारे भइरहेका सार्वजनिक टिप्पणीहरुका विषयमा पनि विचार विमर्श हुने मुख्यालय स्रोतले बतायो । विपक्षी काँग्रेस र एमालेले सेनाले माओवादी प्रभावमा परेर समायोजन प्रस्ताव ल्याएको सेनाले समायोजन प्रस्ताव ल्याएको आरोप लगाउँदै आएका छन् । सेनाले रक्षामन्त्रालयको निर्देशनमा समायोजनसम्बन्धी सुझावसहितको अवधारणा गत माघ २९ मा सेना समायोजन विशेष समितिका संयोजकसमेत रहेका प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई बुझाएको थियो । नेपाली सेनाले हरेक वर्ष शिवरात्रि पर्वको केही दिनपछि पृतनापतिहरुको भेला बोलाउने गरेको छ ।