जनक नेपाली,
दाङ,फागुन २-
सरकारमा रहेका केही दल जनबिरोधी भएकाले पनि माओबादीले सरकारको नेतृत्व गरे पनि जनताको पक्षमा काम हुन नसकेको वताउनुभयो । आगामी जेठ १४ भित्र संविधान बनाउन सवै दल एक ढिक्का बन्नुको बिकल्प नभएको भन्दै उहाँले त्यसका लागि आआफ्नो हठ त्याग्न सवैलाइ आग्रह गर्नुभयो । जनसत्ता गरेको घरजग्गा कारोवारको निर्णयलाई मान्यता दिने सरकारी निर्णय फिर्ता हुनु गलत भएकोभन्दै नेता बिप्लवले सकुम्वासी समस्या समाधान आयोग लगायतको सिफारिसका आधारमा अहिले उत्पन्न समस्याको हल गरिने बताउनुभयो ।