इन्द्रमणि नेपाल,
दोहा माघ २९ गते ।
नवोदित साहित्यिक मोबाईल पुस्तकालयको प्रमुख आयोजनामा दोहाको अल समाल पार्कमा गरिएको साहित्यिक वनभोज कार्यक्रम यहि फेब्रुअरी १० शुक्रवारमा सम्पन्न भएको छ । अनेसास कतार च्याप्टर तथा मुगलानी सँैगात अलखोर को प्रत्यक्ष सहभागिता तथा सहयोगमा आयोजित उक्त कार्यक्रमकाृ लागी तनहुं खबर डट कम ले मिडिया पार्टनरको भुमिका खेलेको थियो ।

कार्यक्रममा नवोदित साहित्यिक मोबाईल पुस्तकालय, अनेसास कतार च्यप्टर, मुगलानी सँैगात, नवोदित वाचनालय, डेस्कोन इन्जीनीयरीङ कम्पनी तथा अन्य संघ संस्थाहरुबाट उल्लेख्य सहभागिता रहेको थियो । करिब १२५ जनाको उपस्थितीमा भएको उक्त वनभोज कार्यक्रम का लागी दोहाका व्यवसायी तथा समाजसेवी नरेन्द्र भाट र हिमाल गिरीले यातायात को व्यवस्था गरिदिनुभएको थियो । त्यसैगरी डेस्केन ईन्जीनीयरिङ कम्पनिले पनि अलखोरबाट यातायातको सुविधा उपलब्ध गराएको थियो ।

अनेसास नवोदित वाचन श्रृंखलाको एघारौ डबली कार्यक्रम पनि संगै समावेश गरिएको सो कार्यक्रमका विशिष्ट श्रोता समाजसेवि लक्ष्मण खतिवडा रहनुभएको थियो । वनभोज कार्यक्रमका संयोजक राजेश्वर ढकालले सञ्चालन गर्नुभएको वाचन कार्यक्रममा गीत, गजल, कविता, मुक्तक तथा हास्यव्यंग प्रस्तुत गरिएको थियो । कार्यक्रममा दोहोरी गीतले अझै रौनकता थपेको थियो । कार्यक्रममा उपस्थित भएका ईच्छुकहरुले आपसमा दोहोरी गीत गाएर कार्यक्रमलाई रोचक बनाएका थिए ।
तस्विर: राजेश्वर ढकाल भोला थापा क्षेत्री