काठमान्डौ माघ २३ गते
खासगरी रङ्ग पत्रकारितालाई आधार बनाएर त्यसअनुरुप नेपाली गीत संगीत, कला, साहित्य र संस्कृतिको क्षेत्रमा क्रियाशील रहँदै यस क्षेत्रको विकास, सम्बद्र्धन र संरक्षणमा आफ्नो ठाउँबाट सानै भए पनि योगदान रहोस् भन्ने उद्देश्यका साथ म्यूजिक खबर डटकम क्रियाशील रहेको छ । रहँदै आएको यहाँहरुलाई विदितै छ । यसै क्षेत्रलाई क्रियाशील बनाई गुण र दोषका आधारमा कला, साहित्य र संस्कृतिको क्षेत्रमा प्रबद्र्धन होस् भन्ने हेतुले म्यूजिक खबर डटकमको आयोजनामा म्यूजिक खबर म्यूजिक अवार्ड आयोजना गर्न लागिएको सगौरव सुनाउन पाउँदा हामीलाई खुशी लागेको छ ।सन् २०११ सालभरि उत्पादन एवं प्रकाशन भएका गीतसंगीतलाई म्यूजिक खबर म्यूजिक अवार्डमा समावेश गरिनेछ । गीतसंगीतको मुख्य विधाहरुमा गायन, संगीत, शब्द÷रचनासँगसँगै गीतको विविधतालाई आधार बनाएर आधुनिक, लोक, पप, चलचित्र, राष्ट्रिय, रिमिक्स लगायतका विविधामा अवार्ड संचालन गरिनेछ । सन् २०११ का यी गीतसंगीतलाई यस अवार्डमा भाग लिनका लागि २०६८ फागुन मसान्तसम्म दर्ता गरिसक्नुपर्नेछ भने बैशाखको तेस्रो साता काठमाडौंमा एक भव्य समारोहको आयोजना गरी म्यूजिक खबर म्यूजिक अवार्डको फाइनल कार्यक्रम गरिनेछ ।
साथसाथै अवार्डहरुको बढ्दो भीडमा योगदानको दायारा बढोस् र अरुभन्दा केही पृथक रहोस् भन्ने उद्देश्यले मोफसलमा रही संगीतकर्ममा लागेका व्यक्ति एवं संस्थाहरुलाई समेत पुरस्कृत गरिनेछ भने सर्वथा नौलो पब्लिसिटी डिजाइनिङलाई समेत अवार्डमा समावेश गरिनेछ ।
खासगरी रङ्ग पत्रकारिताका माध्यमले क्रियाशील रही आएका युवा पत्रकारहरुको पहलमा गर्न लागिएको यस अवार्डको अध्यक्षमा भने सुमन वैरागी रहेका छन् । यस अवार्डलाई सम्पूर्ण तह र तप्काबाट हामी साथ र सहयोगको अपेक्षा गर्दछौं ।