काठमाडौ,
फाल्गुन ११ - बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आयल निगमले माग अनुसार प्रयाप्त आपूर्ति गरिरहेको भए पनि ब्यापारीहरुले कालो बजारी गर्न कृतिम अभाव सृजना गरेको आरोप लगाएका छन् ।
रिपोर्टर्स क्लब नेपालले विहीबार आयोजना गरेको साक्षात्कारमा मन्त्री भट्टले आयल निगमले माग अनुसारको डिजेल, पेट्रोल, मट्टीतेल र ग्यासँको आपूर्ति गरिरहँदा समेत बजारमा अभाव हुनुले ब्यापारीहरुले कालाबजारीकोलागी कृतिम अभाव सृजना गरेको प्रष्ट भएको ठोकुवा गरे ।

उनले मुनाफा खोरी र सरकारलाई बदनाम गराउने योजनाका साथ अभाव सृजना गरिएको आरोप लगाउँदै अब कडा अनुगमन गरी कालाबजारी गर्ने सबैलाई कारवाही गर्ने स्पष्ट पारे । उनले कालोबजारी गर्ने र कम ग्यास फिलिङ गर्ने हिमाल ग्यासँका प्रवन्धकलाई थुनामा राखेर कारवाही सुरु गरिएको बताउँदै मन्त्रालयले ब्यापारीहरुलाई अभाव अन्त्यकोलागी अन्तिम अल्टिमेटम दिने र सो अवधीमा समेत सहज नपारे कारवाही थाल्ने बताए ।
उनले ग्यासको सहज आपूर्तिकोलागी ग्यासँ उद्योगलाई सिलिण्डर अनुसार भन्दा पनि सिलिण्डरमा फिलिङ गर्न सक्ने क्षमताको अधारमा ग्यासँ दिने र उपभोक्ताकोलागी रातो, ब्यवसायीक प्रयोजनकालागी निलो कार्ड मार्फत ग्यासँको आपुर्ति सहज बनाउने योजनामा मन्त्रालय लागेको बताए ।
साक्षात्कारमा मन्त्री भट्टले शान्ति प्रक्रिया र संविधान निर्माणमा सबै राजनीतिक दलको ध्यान केन्द्रीत गर्न पनि पेट्रोलियम पदार्थ सहज गर्न अतिआवश्यक भएको भन्दै त्यसकालागी जेठ १४ गतेसम्म आपूर्ति सहज पार्न ९ अर्ब रुपैया सरकारसँग माग गर्ने तयारमा मन्त्रालय रहेको जानकारी दिए ।
उनले भने–जेठसम्म आपूर्ति सहज बनाउन ९ अर्ब रुपैया आवश्यक छ । त्यो नभए सहज आपूर्ति बनाउन सकिदैन । उनले पेट्रोलियम पदार्थको मुल्य समायोजन गरी आयल निगमको घाटा कम गरी आपूर्ति सहज बनाउन आयल निगमको ऋणलाई पुजिकृत गर्नु पर्ने, अनुगमनलाई तिब्रता दिनु पर्ने र कर प्रणालीमा पुनरावलोकन गर्नु पर्ने बताए । एन एम खबर