Responsive Ad Slot

latest

गजल-भरे साँझ आऊ है प्रिय I

Sunday, February 26

/ by Samsung

भरे साँझ आऊ है प्रिय, दिउसो अनुकुल हुँदैन ।
छ बजे नै आऊ है प्रिय, विश्वास छ कुनै भुल हुँदैन ।।
मादी नदी तर्नुपर्छ, तर घुँडासम्म आउँछ पानी ।
मिनिस्कर्ट लाएर आऊ है प्रिय त्यहाँ पुल हुँदैन ।।

पराशर गुफानिरै, नितान्त तिमी र म दुई मात्र ।
पीर नमान वारी जस्तो पारी मान्छेको हुल हुँदैन ।।
म नि रित्तै आउँछु प्रिय, तिमी पनि रित्तै आऊ है ।
चोखो प्रेमको चुम्बन जस्तो गुलाबको फूल हुँदैन ।।

सुर्य रिजाल,
तनहुँ
Don't Miss
© all rights reserved
made with by netKUTI