काठमाडौ, ३० फागुन ।
काठमाडौको गौशाला(पिङ्गलास्थानमा ग्यास चुहिएर आगलागी हुँदा चार पसल जलेर नष्ट भएका छन् । गएराति प्रकाश अधिकारीको चिया पसलमा ग्यास चुहिएर आगलागी भएको स्थानीयबासीले जनाएका छन् ।

आगलागीबाट होमा शर्माको किराना पसलमा राखिएको १० लाख ३५ हजार नगदसहित लाखौको क्षति भएको छ । दमकल स्थानीयबासी र प्रहरीलाई आगो नियन्त्रणमा लिन दुई घण्टा लागेको थियो ।डिसीनेपाल