Responsive Ad Slot

latest

आयोगको प्रतिवेदनमाथि छलफल गर्न संविधानसभा बैठक आज I

Sunday, March 25

/ by Admin BHOLA THAPA

काठमान्डौ १२ चैत ।
राज्यपुनर्संरचना सुझाव आयोगको प्रतिवेदनको बारेमा छलफल गर्न संविधानसभाको बैठक आज बस्दै छ । संविधानसभा भवन नयाँवानेश्वरमा दिउँसो ३ बजेपछि सुरु हुने बैठकमा आज संविधानसभाध्यक्ष सुवास नेम्वाङ्ले राज्यपुनर्संरचना सुझाव आयोगको प्रतिवेदन टेवल गर्ने कार्यक्रम छ । सुझाव आयोगको प्रतिवेदनको बारेमा भने भोलिदेखि मात्र छलफल सुरु हुने संसद सचिवालय स्रोतले जनाएको छ ।

यसअघि संविधानसभाध्यक्ष नेम्वाङले अस्ति संविधानसभाको राज्यपुनर्संरचना समितिका सदस्यहरुसँग छलफल गर्नु भएको थियो । सुझाव आयोगले प्रतिवेदन बुझाएको झण्डै दुइ महिनापछि संविधानसभामा छलफल हुन लागेको हो । संविधानसभा नियमावलीमा सहमति जुटन नसक्दा आयोगको प्रतिवेदनमाथी छलफलमा ढिला भएको हो । आयोगको प्रतिवेदन प्रधानमन्त्री वाबुराम भट्टराईले माघ १९ गते संविधानसभाध्यक्षलाई हस्तान्त्ररण गर्नुभएको थियो । राज्यपुनर्संरचना सुझाव आयोगले अल्पमत र बहुमतका दुई छुट्टाछुट्टै प्रतिवेदन माघ १६ मा प्रधानमन्त्रीलाई बुझाएको थियो ।

आयोग संयोजक मदन परियारसहितका बहुमत सदस्यले ११ र डा रमेश ढुङ्गेलसहितका तीन सदस्यले ६ प्रदेशको खाका सहित प्रतिवेदन बुझाएका थिए ।

यसैबीच संविधानसभा कार्यव्यबस्था परामर्श समितिको बैठकपनि आज दिउँसो बस्दैछ । संविधानसभा भवनमा दिउसो एक बजे बस्ने बैठकले संवैधानिक समितिलाई सहमतिका लागि थप समय लपलव्ध गराउने निर्णय गर्ने एमाले सभासद उषाकला राईले जानकारी दिनुभयो । संवैधानिक समितिको अस्ति बसेको बैठकले राजनीतिक सहमतिका लागि ५ दिनको समय माग्ने निर्णय गरेको थियो ।

Don't Miss
© all rights reserved
made with by netKUTI